कस्ले, किन फोड्यो अमर नमुना मा बि बिहुँको चार कोठाहरुको ताल्चा ? घटना रहस्यमय !

भरत सापकोटा, बागलुङ बिहुँ २०७६ असार ३१ । काठेखोला गाउंपालिका वडा ५ बिहुँ पोखरा स्थित अमर नमुना माध्यमिक बिद्यालय कार्यालय कोठाहरुमा लगाएको ताल्चा (साँचो) हिँजो फोडिएको अवस्थामा फेला परेको छ । वर्षे बिदाका कारण बिद्यालयल बन्द रहेको अवस्थामा कस्ले किन र के प्रयोजनका लागी बिद्यालयको कार्यालय कक्षमा लगाएका ताल्चा फोडेको हो भन्ने तथ्य बाहिर आएको छैन । कार्यालय कक्षका ताल्चा फोडिएपनि त्यहाँ रहेको बिद्यालयको जिन्सी या नगद कुनै चोरी नभएको भेट्टिएको बिद्यालय श्रोतले बतायो ।

यस सम्वन्धमा बिद्यालयका प्रधानाध्यापक भीष्म कँडेलसंग संपर्क गर्दा घटनाका सम्वन्धमा प्रहरीलाई सूचना गरिएको बताउदै बिद्यालयलाई अपुरणीय क्षति पु-याउन केहि उग्र तत्वहरु यस्तो नियोजित तरिकाले ताल्चा फुटाएको जानकारी दिए । किन र कस्ले बिद्यालयको ताल्चा फुटाएको होला ? भन्ने हाम्रो प्रश्नमा उनले तत्कालै कसै प्रति शंका गर्न नसकिने बताए ।

प्रअ कँडेलले बिद्यालयको ४ वटै प्रशासनिक कार्यलयहरुको ताल्चा तोडिएपनि बिद्यालय भित्र कागाजतपत्र साथै त्यहाँ रहेको केहि रकम जस्ताको तस्ते रहेको बताए।

यसैगरी कस्ले किन बिद्यालयको कार्यालयका ताल्चा फोरेको होला भन्ने प्रश्नमा बिहुँ तथा धम्जा प्रहरी चौकस्का प्रहरी साहयक निरीक्षक भोज बहादुर गुरुङले यो अनुसन्धानको बिषय रहेकाले भर्खरै केहि भन्न सक्ने अवस्था नरहेको बताए ।

नमुना विद्यालय सम्वन्धी निर्माण कार्यहरु चलिरहेको अवस्थामा विद्यालयका चार प्रशासनिक कोठाहरुमा लगाएको ताल्चा फोडिनुलाई स्थानीयले रहस्यमयरुपमा लिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *