असारे मेलामा आयोजित पुरुष भलिबल प्रतियोगितामा आँधिबेहरी टीम गल्कोट प्रथम !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७६ असार ३० । भरखरै सम्पन्न पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा आदर्श युवा क्लबलाई पराजीत गर्दै आँधिबेहरी टीम गल्कोट प्रथम भएर रु ८० हजार पुरस्कार राशी हात पारेको छ । २४ टीमले भाग लिएको पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल आँधिवेहरी टीम र आदर्श युवा क्लबबीच भएको थियो ।

रु २५ हजार पुरस्कार राशीको महिला भलिबल प्रतियोगितामा बडीगाड गाउपालिकाको जलजला टिमले हात पारेको छ भने म्याग्दी जिल्लाको प्रगतिशील युवा क्लब व्दितिय भएको छ । महिला भलिबल खेल प्रतियोगितामा ७ टिमले सहभागिता जनाएका थिए ।
फाईल तस्वीर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.