खगेन्द्र विश्वकर्मा, बागलङ २०७३ चैत १८ । महान्यायाधिवक्ता रमन श्रेष्ठले साहित्य समाजको ऐना भएकोले विद्यामन्दिर पुस्तकालयले यस्ता कार्यक्रमबाट महत्वपुर्ण साहित्यिक व्यक्तित्व जन्माउन भुमिका खेलको बतााएका छन् ।
विद्यामन्दिर पुस्तकालयको साहित्य शाखाको आयोजनामा शुक्रवारको नियमित कविता गोष्ठीमा उनले यस्तो बताएका हुन् । शुत्रmवार पुस्तकालयको भवनमै कविता तथा साहित्यिक रचना बाचन गरेर कार्यक्रम सम्पन्न भएको हो। गोष्ठीमा सर्जकहरुले देशप्रमेको विषयमा रचना तथा कविता प्रस्तुत गरेका थिए । कविता गोष्ठी कार्यक्रममा सर्जक कोपिला कँडेल, खगेन्द्र विश्वकर्मा, मन्जु केसी, विक्रम सुनार, गोविन्द सापकोटा लगायतले आआफना सिर्जना बाचन गरेका थिए ।
गोष्ठी पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रममा सर्जक कोपीला कंडेलको स्वागत र साहित्य शाखाका ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएकोथियो ।