ताराखोला असारे मेला ; महिला भलिबलमा जलजला प्रथम, चर्चिच कलाकारव्दारा सांगीतिक प्रस्तुति पस्किँदै !

खगेन्द्र विश्वकर्मा ताराखोला २०७६ असार ३० । ताराखोलामा जारी यस क्षेत्रकै महत्वपूर्ण मानिने साँस्कृतिक असारे मेलामा आयोजित २५ हजार पुरस्कार राशीको महिला भलिबल प्रतियोगितामा बडीगाड गाउपालिकाको जलजला टिमले हात पारेको छ भने म्याग्दी जिल्लाको प्रगतिशील युवा क्लब व्दितिय भएको छ । महिला भलिबल खेल प्रतियोगितामा ७ टिमले सहभागिता जनाएका थिए ।

नृत्य प्रतियोगितामा सिलेको भदौरे मेला व्यवस्थापन समिति प्रथम र काठेखोला गाउपालिकाको बिहानी युवा क्लब व्दितिय तथा जुल्फे नाट्य क्लब उत्कृष्ट घोषित भएका छन् ।

असारे मेलामा रु ८० हजार पुरस्कार राशीको पुरुष भलिबल खेल प्रतियोगिताको फाईनल खेल आदर्श युवा क्लब हरिचौर र आँधिबेहरी समुह गल्कोटबीच केहि समय पछी हुने आयोजकले जानकारी दिएका छन् । पुरुष भलिबल खेल प्रतियोगितामा २४ टिमको सहभागित रहेको थियो ।

असारे मेलामा चर्चित लोक कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति पस्कने तयारीमा रहेका छन् । आजको सांगीतिक प्रस्तुतिमा चर्चिच कलाकार खगेन्द्र विश्वकर्मा, ईश्वर सिँह, भवी घर्ती लगायत स्थानीय कलाकारहरुको सहभागित रहने असारे युवा क्लबका कोषाध्यक्ष रविन घर्तीले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.