बिहुँ ईनारपानीको पहिरोले मध्यपहाडी लोकमार्गमा सवारी आवागमनमा असहजता !

भरत सापकोटा, बिहुँ २०७६ असार ३० । मध्यपहाडी लोकमार्गको बिहुँ ईनारपानीमा पहिरोको कारण यातायात असहज बनेको छ । हिँजो राति गएको पहिरो हटाउन बिहान देखी नै डोजर प्रयोग गरी काम भैरहेको स्थानीयले बताएका छन् । साना सवारी साधनहरु सन्चालनमा आएका छन् ।

स्थानीयका अनुसार ईनारपानीको पहिराले त्यस तलको मानवबस्ती उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । सो पहिरो व्यवस्थापनका लागी गाउपालिका लगायत अन्य सरोकारवाला निकायहरुबाट तत्काल पहल गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *