बागलुङ जिल्लाको प्रहरी प्रमुखमा भट्ट, प्रहरी उपरीक्षक शर्माको ५ महिना नपुग्दै सरुवा !

बागलुङ २०७६ असार ३० । जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुखमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जिम्मेवारी पाएका (सरुवा) छन् । बागलुङमा कार्यरत प्रहरी उपरीक्षक कृष्णप्रसाद शर्मा पोखरेलको बागलुङ जिल्लामा आएको ५ महिना नपुग्दै प्रहरी प्रधान कार्यालयको मानव अधिकार ईकाइ सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले शुक्रबार ६ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको थियो ।

आईतवार साँझ जिम्मेवारी सम्हाल्न बागलुङ आईपुगेका प्रहरी उपरीक्षक भट्ट गत २०७५ साल असोज महिनाको पहिलो साता जिल्ला प्रहरी कार्यालय बागलुङमा केहि दिन काजमा कार्यरत थिए ।

बागलुङबाट प्रहरी प्रधान कार्यालय काठमाडौँको मानव अधिकार ईकाईमा सरुवा भएका प्रहरी उपरीक्षक शर्मा गत २०७५ साल फागुन १३ गते बागलुङमा आफ्नो पदभार ग्रहण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.