केमिस्ट्री स्टुडेन्ट एसोसियशन नेपालको केन्द्रीय अध्यक्षमा बागलुङका याम रोका चयन !

ताराप्रसाद शर्मा, बागलुङ २०७६ असार ३० । केमिस्ट्री स्टुडेन्ट एसोसियशन नेपालको केन्द्रीय अध्यक्षमा रसायनशास्त्र स्नातकोत्तर तेस्रो सेमेष्टरमा अध्ययनरत बागलुङका याम रोका मगर चयन भएका छन् । रसायनशास्त्र स्नातकोत्तर तेस्रो सेमेष्टरमा अध्ययनरत बिद्यार्थीहरुको भेलाले बागलुङका याम रोका मगरलाई अध्यक्षमा चयन गरेको हो ।

एसोसिएशनको दोस्रो कार्यकालको लागि उपाध्यक्षमा दिपा सापकोटा, सुरज पन्थ, सचीवमा आकाश घिमिरे, संजिव श्रेष्ठ, सह–सचिवमा विकाश निरौला र कोषाध्यक्षमा ओनिशा थापालाई चयन गरिएको छ ।

त्यस्तै सदस्यमा विकल्प विष्ट, सिजन गौतम , कल्पना थापा, चेतन लेङ्देन, प्रतिमा खड्का, सुनिल बराल, प्रवेश दाहाल, मनिस पोख्रेल, दिप बल्लभ उपाध्याय र मिना भाट रहेका छन् । अनुसन्धान संयोजन समितिमा सन्तोष भट्टराई, सौरभ कटुवाल, परिक्षा कार्की, पुर्णिमा शर्मा रहेको बताइएको छ ।

पत्र पत्रिका संयोजन समितिमा अनिल सिग्देल, पदमबहादुर गाहा मगरलाई चयन गरिएको छ भने कार्यक्रम संयोजन समितिमा बिक्रम अधिकारी, मौसमी केसी र शंकर जैसी रहेका छन् । एसोसियशनले बाँकी चार सदस्य पृथ्वीनारायण क्याम्पस पोखरा, भरतपुर चितवन र बिराटनगरबाट थप गरिने बताएको छ ।

देशै भर रसायनशास्त्र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरुको हक हितका लागि खोलिएको एसोसियशनले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । एसोसियशनले केही महिना अगाडि ’रसायनशास्त्र विद्यार्थीका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट लिइने रसायनशास्त्र स्नातकोत्तर प्रवेश परिक्षाको तयारीको लागि ’सिसान मोक टेस्ट’ संचालन गरेको थियो । एसोसिएशनले रसायनशास्त्र सम्बन्धित लेख रचनाहरु संकलन गरेर वार्षिक पत्रिका ’मस्कोन’ केही समय अगाडि प्रकाशनमा ल्याई विमोचन समारोह सम्पन्न गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.