ताराखोलामा जारी असारे मेला चर्चित गायकहरुको सांगीतिक प्रस्तुतिले तात्यो !

बागलुङ ताराखोला २०७६ असार २९ । ताराखोलामा असारे मेला चरमोत्कर्षमा छ । प्रत्यक वर्षको असार महिनाको तेश्रो साता लाग्ने असारे मेला यस क्षेत्रकै पुरानो साँस्कृतिक धरोहरकारुपमा लिईन्छ ।

गत असार २४ गते देखी सुरु भएको असारे मेलामा विभिन्न खेलकुद, नृत्य, धनुषवाण, स्थानीय परम्परागत साँस्कृतिक प्रदर्शन एवं विभिन्न चर्चित गायकहरुव्दारा साँगीतिक प्रस्तुती भैरहेको छ ।

असारे मेलालाई केहि वर्ष यता असारे युवा क्लबले व्यवस्थापन गर्दै आएको छ । असारे मेलामा आज विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिले तराखोला झुम्यो । आजको कार्यक्रममा लोक गायकहरु ईश्वर सिह, खगेन्द्र विश्वकर्मा, भविकला घर्ती, संदिप सिहको प्रस्तुति रहेको थियो ।

मेलाको पाचौं दिन भव्यका साथ सम्पन्न भएको छ भने छैठौं दिन ३० गते विभिन्न खेलप्रतियोगिताहरुको फाईनलमा हुने आयोजकले जनाएका छन् ।

भलिबल तर्फ भोलि हुने ८० हजार पुरस्कार राशीका भलिबल फाईनल खेलमा पुरुष तर्फ आदर्श युवा क्लब हरिचौर र आधिवेहरी समूह गल्कोट र २५ हजार पुरस्कार राशीको महिला भलिबल तर्फ जलजला युवा क्लब बडीगाड र प्रगतिशील युवा क्लब किमचौर म्यादी बीचफाईनल खेल हुने छ । भलिबल तर्फ सहभागी २४ टिम र महिलातर्फ ७ टिमले सहभागिता जनाएका थिए ।

धनुषवाणमा १७ टिम सहभागी मध्ये श्रीगाईज सरने अमरभुमि प्रथम र गल्कोट नगरपालिका ५ सिमलबोट व्दितिय भएका थिए । धनुषवाणमा गल्कोट समुहका हिरा राना भएका छन् । पुरुष भलिवलमा सान्त्वना असारे युवा क्लब तारा र देउराली युवा क्लब हिलले समान १०र१० हजार प्राप्त गरेको क्लबका कोषाध्यक्ष रविन घर्तीले बताए । १० टिम सहभागी भएको सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नतिजा ३० गते सार्वजनिक हुने छ ।
***
असारे मेलाको तयारी पूरा, मेलाको विधिवत उद्घाटन असार २७ गते प्रदेश सांसद चन्द्र बुढाले गर्ने !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *