बिद्यामन्दिर पुस्तकालयका नवनिर्वचित कार्य समितिको सपथ ग्रहण सम्पन्न !

कोपिला कँडेल, बागलुङ २०७६ असार २९ । बिद्यामन्दिर पुस्तकालय बागलुङको ७२ औ साधारणसभा तथा ३५ औ अधिबेशन बाट निर्वाचित पदाधिकारी एबं सदस्यको आईतबार एक समारोहका बिच सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचित पदाधिकारी एबं सदस्यलाई नवनिर्वाचित अध्यक्ष राम प्रसाद शर्माले सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा नयां कार्यसमितिलाई पुस्तकालयका प्रधानसंरक्षक ओमकार प्रसाद गौचनले प्रमाण पत्र हस्तान्तरण गरेका थिए । त्यस्तै पदस्थापन पछि निवर्तमान अध्यक्ष राजेशचन्द्र राजभण्डारीले नवनिर्वाचित अध्यक्ष राम प्रसाद शर्मालाई माईन्युट हस्तान्तरण गरेका थिए । शनिबार सम्पन्न पुस्तकालयको अधिवेशनले रामप्रसाद शर्माको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको थियो ।

समितिको उपाध्यक्षमा राम थापा अबिरल सचिव रामचन्द्र शर्मा कोषाध्यक्षमा कोपिला कंडेल र सहसचिवमा राजन प्रसाद शर्मा रहेका छन । त्यसैगरी पुस्तकाध्यक्षमा मञ्जु केसी र समितिका सदस्यहरुमा महेशचन्द्र प्रधान, युगेन्द्र श्रेष्ठ, गोबिन्द प्रसाद वझा, काजि गाउले श्रेष्ठ, काजिरोशन, कृष्ण गोबिन्द राजभण्डारी, युक्त प्रसाद सुबेदी, दुर्बलकाजी राजभण्डारी र सुधिर श्रेष्ठ रहेको पुस्तकालयले जनाएको छ ।

पदस्थापन पछि बसेको नयां कार्यसमितिको बैठकले १० सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा लालचन्द्र राजभण्डारी पध्मनाथ शर्मा प्रेम छोटा ईश्वर प्रसाद मलेपति शैलेन्द्र कुमार श्रेष्ठ श्याम श्रेष्ठ देब बहादुर श्रेष्ठ हरी नारायण गौतम धिरेन्द्रराज पन्त र निरज शाक्यलाई चयन गरिएको पुस्तकालयका नवनिर्वाचित सचिव रामचन्द्र शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.