नेपाल स्वास्थ्यकर्मी संघ बागलुङव्दारा डा.राजभण्डारीलाई विदार्ई !

बागलुङ २०७६ असार २९ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङले धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा सागर कुमार राजभण्डारीलाई एक कार्यक्रमका विच विदाई गरेको छ । काठमाडौंको राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशकको रुपमा सरुवा भै जान लागेका डा राजभण्डारीलाई आईतबार विदाई गरिएको हो ।

कार्यक्रममा बौल्दै डा राजभण्डारीले बागलुङको स्वास्थ्य क्षेत्रको सहयोगका लागि आफु जहाँ रहे पनि अनवरत रुपमा सेवा गर्ने बताए । उनले आफ्नै जिल्लामा रहेक झण्डै ४ वर्ष सेवा गर्न पाउँदा निकै खुसी लागेको अभिव्यक्ति दिए ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका उपाध्यक्ष देवप्रकाश घिमिरे, केन्द्रिय प्रतिनिधि शिशिर पन्त लगायतले बिदाई मन्तव्य दिएका थिए । कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता र सचिव शिव केसीको संचालनमा सम्पन्न भएको थियो ।

त्यसैगरी डा राजभण्डारीलाई स्वास्थ्य कार्यालय बागलुङले पनि एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । सो अवसरमा बौल्दै डा राजभण्डारीले जिल्लामा क्षयरोगको समस्या बढ्दो रहेका कारण आफुले त्यसको न्युनिकरणका निम्ती प्रयास थाल्ने बताएका थिए । कार्यक्रम स्वास्थ्य कार्यालयका शाखा अधिकृत मुकुन्द प्रसाद आचार्यको अध्यक्षता घनश्याम सापकोटाको स्वागत र क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.