कोजाग्रत पूर्णिमा मेलाको आयव्यय सार्वजनिक : कलाकारलाई मात्र रकम खर्च नगर्न सुझाव !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ असार २९ । बुर्तिबाङ राईजिङ्ग युवा क्लबले कोजाग्रत पुर्णिमा मेला सञ्चालनमा भएको आम्दानी खर्च विवरण आइतबार पत्रकार सम्मेलन मार्फत प्रस्तुत गरेको छ । समयमा बोल सहयोग बापतको रकम उठ्न नसकेका कारण करिब नौँ महिना पछि आफुहरुले खर्च आम्दानी विवरण प्रस्तुत गर्न वाध्य भएको क्लबका अध्यक्ष सोम पौवी यामुले बताए ।

क्लबले गत २०७५ कोजाग्रत पुर्णिमा मेलाका अवसरमा लागेको खर्च आम्दानी प्रस्तुत गर्दे हालसम्म बैँक मोज्दात जम्मा १२ हजार ६ सय रुपैयाँ रहेको कोषाअध्यक्ष मनकुमारी गैरेव्दारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मेलामा आम्दानी १७ लाख ९२ हजार ६ सय ६२ रुपैयाँ खर्च १७ लाख ८० हजार ६२ रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । बोल रकममा उठ्न बाँकी रकम ७० हजार १ सय र तिर्न बाँकि ५७ हजार ५ सय रुपैयाँ रहेको पनि बताईएको छ ।

क्बलले सञ्चालन गरेको कार्यक्रम मध्ये सबैभन्दा बढि खर्च कलाकार तर्फ ३ लाख ६८ हजार रुपैयाँ भएको देखिएको छ । आगामि दिनमा क्लबलाई थप चुस्त दुरुस्त राख्नका निम्ती आफनो टिमले सक्दो प्रयास गर्दे जाने प्रतिबद्धता जनाउँदै क्लबलाई अगाडी बढाउनका निम्ती विगतदेखिनै विभिन्न समस्या रहेका कारण पनी आफुहरुलाई थप परिमार्जन गरेर अगाडी बढन असहज भएको क्लबका अध्यक्ष सोम पौवीले बताए । विगतमा कार्यक्रम सञ्चालन वापत खर्च भुक्तानी, क्लब नविकरण जस्ता गतिविधीले आफुहरुलाई केहि असहज बनाएको उनको भनाई छ ।

कार्यक्रममा क्लबका सँस्थापक अध्यक्ष चन्द्रलाल अर्यालले बोल्दै व्दन्दको समयमा विभिन्न चुनौती र कठिनाई पारगर्दे आएको क्बलले हालसम्म समाज रुपान्तरण मुलक धेरै कामहरु गरीरहेको बताउँदै आगामी दिनमा क्लबलाई थप उचाइमा पुर्याउन सबैले हातेमालो गर्दे अगाडी बढ्नुपर्ने र क्लबमा लामो समय लगाएर कोजाग्रत पुर्णिमा मेला लगाउने, कलाकार मात्र लिएर रकम खर्च गर्ने जस्ता परिपाटीको अन्त्य गर्दे जनताको हित हुने खालका कार्यक्रम लिएर अगाडी बढ्न क्लब पदाधिकारीलाई सुझाब दिए ।
कार्यक्रममा सँस्थापक सचिव एवम वर्तमान सल्लाहकार सदस्य उत्तमबहादुर महतले पनि मन्तव्य दिएका थिए ।

कार्यक्रम क्बल अध्यक्ष सोम पौवी यामुको अध्यक्षता, कोषाध्यक्ष मनकुमारी गैरेको स्वागत, सचिब सन्तोष भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.