ताराखोला असारे मेला जारी : चौथो दिन पुरुष भलिबलको दोस्रो चरणको खेल सम्पन्न !

पूर्णभद्र निउरे ताराखोला २०७६ असार २९ । भौगोलिक तथा जातिय बिबिधता खेलकुद कला र सस्कृतिको संरक्षणमा हाम्रो सहभागिता भन्ने मुल नाराका साथ असारे युवा क्लब द्वारा ताराखोलामा संचालित असारे मेलाको चौथो दिन पुरुष भलिबलको दोस्रो चरणका विभिन्न खेलहरु सम्पन्न भएका छन् । २४ समुहको सहभागीता रहेको पुरुष भलिबल प्रतियोगिताको शनिवार सम्पन्न दोस्रो चरणको खेलबाट आदर्श युवा क्लब हरिचौर, प्रगतिशील युवा क्लब किमचौर क्वाटर फाइनलमा प्रबेश गरेका छन भने शनिवार सम्पन्न खेलबाट असारे युवा क्लब ताराखोला रातो, देउराली युवा क्लब हिल र आँधीबेरी माइनिङ क्रु हरिचौर सेमिफाइनल चरणमा प्रबेश गरेको असारे युवा क्लबका खेलकुद संयोजक सुमन रोकाले जानकारी दिए ।

त्यस्तै शनिवार देखि सुरु भएको १७ समूहको सहभागीता रहेको धनुषबाण प्रतियोगितामा श्रीस गाइज भुस्कात र गलकोट नगरपालिका ५ हरिचौर अगाडि रहेको धनुषबाण खेल संयोजक हेम घर्तीले जानकारी दिए । आज पुरुष भलिबल र धनुषबाणका बाकी खेलसंगै , महिला भलिबल , सामुहिक नृत्य प्रतियोगिता संचालन संगै राष्ट्रिय कलाकार हरुको साङ्गितिक प्रस्तुति रहने क्लब का सचीव कमल घर्तिले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.