अपांगता भएकाहरुलाई दया होईन अवसर दिनु आवश्यक – वडाध्यक्ष थापा

गल्कोट बाँसखोला २०७६ असार २८ । अपांगता भएका व्यक्तिहरुको वडास्तरीय सन्जाल अन्तरगत शनिवार गल्कोट नगरपालिका ९ बाँसखोलमा समुदायमा आधारित एक दिने पुनस्र्थापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम गल्कोट नगरपालिका ९ का सन्जालका अध्यक्ष टोपबहादुर थापाको अध्यक्षता, गल्कोट नगरपालिका ९ का वडाध्यक्ष तेजबहादुर थापाको प्रमुख आतिथ्यता, विष्णु गौतमको स्वागत मन्तव्य तथा गल्कोट नगरपालिकाका नगरस्तरीय अध्यक्ष शिशिर बम मल्लको मुख्य प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी एवं वडाध्यक्ष थापाले अपांगत भएका व्यक्तिहरुलाई दया होईन अवसर दिए सपांग सरह जस्तो कामपनि गर्न सक्षम हुने बताए ।
वडाध्यक्ष थापाले अपांगता भएकाहरुलाई नगरपालिकाका तर्फबाट शिक्षा, स्वास्थ्य तालीम, रोजगार, आयआर्जन र व्यवसायमुखी बनाउदै समाजिक सहभागितामा अभिबृद्धि गराउन विशेष पहल गर्ने प्तिवद्धता जनाए । उक्त कार्यक्रम सल्लाहकार प्रधानाध्यापक चक्रवर्ती शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.