Sorry, that menu does not exist.
 

बिद्यामन्दिर पुस्तकालयको अध्यक्षमा राम प्रसाद शर्मा चयन !

कोपिला कँडेल बागलुङ २०७६ असार २८ । नेपालकै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७२ औ साधारणसभा तथा ३५ औ अधिबेशन नयाँ नेतृत्व चयन गरि सम्पन्न भएको छ । अधिवेशनले राम प्रसाद शर्मालाई अध्यक्षमा चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले गरेका थिए । उद्घाटन पछि बोल्दै नगरप्रमुख पौडेलले समाज परिवर्तनको लागि पुस्तकालयको भुमिका महत्त्वपूर्ण हुने बताए । पुस्तकालयको बिकासका लागि नयां नयां प्रबिधिको बिकास गर्दै लैजानुपर्ने चर्चा गर्दै मियर पौडेलले पुस्तकालयलार्य प्रभावकारी बनाउनका लागि बागलुङ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा पुस्तकालयका प्रधान संरक्षक ओमकार प्रसाद गौचन पुुस्तकालयका सल्लाहकार बरिष्ठ अधिबक्ता पध्मनाथ शर्मा सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी नेपाल पत्रकार महासंघका सल्लाहकार कोपिला कडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बक्ताहरूले सामुदायिक पुस्तकालयलाई समाजको अभिन्न अंगको रूपमा अगाडि लैजान सकेमात्र समाज परिवर्तन हुनसक्ने धारणा समेत ब्यक्त गरे । सो अवसरमा उत्कृष्ठ पाठकको रुपमा रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटाले स्थापना गरेको कोष बाट बा.न.पा ३ का राजिव वझालाई नगद रु १००० सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रगति प्रतिवेदन पुस्तकालयका सचिव राम थापाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

२००३ सालमा स्थापना शिक्षा प्रेमी ॐप्रसाद गौचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालयले २०६५ साल देखि बालबिकास केन्द्र २०७२साल देखि इ (लाइब्रेरी संचालन गर्दै आएको छ ।पुस्तकालय सहज रूपमा संचालन गर्न १० लाखको अक्षयकोष समेत स्थापना गरेको छ पुस्तकालयको प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।पुस्तकालयमा करिब १८ हजार पुस्तकहरू रहेका छन् ।

कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता उपाध्यक्ष राम प्रसाद शर्माको स्वागत मन्तब्य र सचिव राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

पुस्तकालयको अधिवेशनले शर्माको अध्यक्षतामा गठित नयाँ कार्य समितिको उपाध्यक्षमा राम थापा अबिरल सचिव रामचन्द्र शर्मा र कोषाध्यषमा कोपिला कंडेल र सहसचिवमा राजन प्रसाद शर्मा निर्वाचित भएका छन् ।

त्यसैगरी पुस्तकाध्यक्षमा मञ्जु केसीलाई समितिका सदस्यहरुमा युगेन्द्र श्रेष्ठ गोबिन्द प्रसाद वझा काजिगाउले श्रेष्ठ काजि रोशन कृष्ण गोबिन्द राजभण्डारी युक्त प्रसाद सुबेदी दुर्बलकाजी राजभण्डारी र सुधिर श्रेष्ठ रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply