क्रान्तिकारीका सचिव पौडेलले कुरा फेरे, चौबीस घण्टा नबित्दै निकाले दुई विज्ञप्ती !

प्रेम सुनार, गुल्मी २०७३ चैत १८ । सैैद्धान्तिक विचलन भन्नुको पारिवारिक विवसता अखिल (क्रान्तिकारी ) गुल्मी जिल्लाका सचिव गणेश पौड्याल पार्टी प्रवेशको चर्चाले २४ घण्टा भित्रमा दुई वटा विज्ञप्तीवाजी गर्न वाध्य भएका छन् ।

माओवादी केन्द्रको विद्यार्थी संगठनबाट नेकपा एमालेमा प्रवेश गरेको केहि समय भित्रै माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा गई आत्मा आलोचना सहित आफु कुनै संगठनमा प्रवेश नगरेको र आफ्नै संगठनमा कटिवद्ध रहेको भन्दै पार्टी प्रवेश गरेको समाचारको खेद प्रकट गरेको अर्को दिन फेरी अर्को समाचारको उनले खेद प्रकट गरेका छन ।

त्यस्तै सामाजिक सञ्जाल मार्फत गाली गलौजको भाषा समेत उनका साथीहरुले प्रयोग गरेका छन् । उनले फेरी एमाले मै प्रवेश गरेको भन्ने अर्को विज्ञप्ती सामाजिक सञ्जालमा व्यापक शेयर गरेका छन भने एमालेजनबाट उनलाई नै छातीमा विज्ञप्ती टाँस्न लगाएर तस्वीर खिचाउने काम समेत भएको छ ।

उनले मिडियामा आए जस्तो कुनै प्रलोभनमा नपरेको दावी गरे पनि माओवादी केन्द्रका नेताहरु सहितको वैठकमा आफु सउदी अरवको जेलमा रहेका भिनाजुको उद्धारको प्रलोभनमा परेर अविर टिका लगाएको प्रतिकृया दिएको सो पार्टीले जनाएको छ ।

उनले गए राती यस समाचारदातालाई फोन गरेर उपशिर्षकको समाचार आफुलाई स्वीकार्य नभएको प्रतिकृया दिएका थिए । ‘त्यो समाचार हटाई दिनुस मलाई अफ्ठ्यारो पर्छ , माओवादी केन्द्रमै आई सकेको मलाई तपाईले लेखेको समाचारले गर्दा फर्किन नसक्ने भएँ ’– फोनमा उनको यस्तो दुखेसो थियो ।

केहि माओवादी केन्द्रका नेताहरुले पनि पौड्याल फर्किन चाहेको भन्दै अनलाईनहरुमा आएको समाचार हटाई दिन आग्रह गरेका थिए । तर यस समाचारदाता सम्वन्द्ध कुनै पनि अनलाईनहरुले कसैलाई मान्छे अडाउन परे , कसैलाई फर्काउन परे वा कसैको अन्य अनुकुलतामा समाचार सम्प्रेषण गर्दैन , हटाउँदैन भन्ने सवैमा सहर्ष जानकारी समेत गराईन्छ ।
हेरौं पौड्यालको चौविस घण्टा भित्रमा दुई विज्ञप्ती पत्रहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply