अर्गल स्वास्थ्य चौकीमा सामाजिक परीक्षण : भिडियो एक्सरे र एम्बुलेन्सको माग !

बागलुङ ताराखोला २०७६ असार २८ । ताराखोला गाउॅपालिका वडा नं २ को अर्गल स्वास्थ्य चौकी सामाजिक परिक्षण कार्यको आम भेला शनिवार सम्पन्न भएको छ ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा अर्गल स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।

अभियानको क्रममा ताराखोला गाउॅपालिका वडा नं २ को अर्गल स्थित विभिन्न गाउॅ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेकी थिईन ।

भेलामा उपस्थित स्थानियबासीले गाउॅकै स्वास्थ्य चौकीमा प्रयोगशाला ल्याव सेवा पाउदा आफुहरुलाई सहजता भएको भन्दै खुसी व्यक्त गरेका छन । स्वा

स्थ्य चौकी मार्फत प्रदान गरिने सेवा सुविधा र अत्यावश्यक औषधीको नियमित व्यवस्थापन, गाउॅपालिकामा गर्भवती र अन्य विरामीलाई लक्षित गरि भिडियो एक्स रे, अन्य ईमरजेन्सी सेवाको लागि पालिकामा एम्बुलेन्स सेवा उपलब्ध गरिदिनको लागि सुझाव दिएका छन ।

त्यस्तै अर्गल स्वास्थ्य चौकीको र्बथिङ सेन्टरमा जाडोको समयमा नवजात शिशुलाई समस्या नहोस भनि बेबी वार्मरको व्यवस्था गर्न र त्यहॉ प्रदान गरिने सेवा सुविधाहरुलाई समय सापेक्ष सुधार गर्दै थप प्रभावकारी बनाउनु पर्ने समुदायको भनाई छ । त्यस्तै भेलामा समुदायले स्वास्थ्य चौकीमा जाँदा स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको, उपलब्ध औषधीहरु सहजै रुपमा पाप्त गर्ने गरेको, शौचालय, खानेपानी र सरसफाईको व्यवस्थापन राम्रो रहेको बताएका थिए । अर्गल स्वास्थ्य चौकीको नयाँ आधुनिक सुविधा सहितको भवन निर्माणको लागि जग्गा व्यवस्थापन भईसकेकोले अब छिटै भवन निर्माण कार्यलाई अगाडी बढाईने स्वास्थ्य चौकीले जनाएको छ ।

आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको हिल स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष एवं वडा अध्यक्ष भद्र बहादुर घर्ती, ताराखोला गाउॅपालिकाका स्वास्थ्य शाखा संयोजक शंकर विष्ट र अर्गल स्वास्थ्य चौकीका प्रमुख विराजु जिसीले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पारेका थिए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष टेक बहादुर केसी, नेपाली काग्रेसका सभापति कमलापति पाठक, नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादीका प्रतिनिधी गोविन्द परियारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सामाजिक परिक्षण कार्यको आम भेलामा अर्गल स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । आम भेला ताराखोला गाउॅपालिका वडा नं २ का वडा अध्यक्ष तथा अर्गल स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भद्र बहादुर घर्तीको अध्यक्षता, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य गणेश बहादुर घर्ती मगरको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.