आदर्श सञ्चारका कर्मचारीलाई एक दिने व्यवसायिक दक्षता तालिम सम्पन्न !

बागलुङ, २०७६ असार २८ । संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यवसायिक रुपमा दक्ष बनाउन उदेश्यका साथ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले कर्मचारीहरुका लागि एक दिने व्यसायिक दक्षता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

सहकारी मार्फत सूचना तथा सञ्चारसंगै वित्तीय लगायत सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको संस्थाले आगामी दिनमा थप प्रतिस्पर्धी र व्यवसायिक बन्नका लागि कर्मचारीको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको संस्थाले जनाएको छ ।

सहकारी अभियानलाई प्रभावकारी बनाउन सक्रिय शेयर सदस्य, क्षमता सञ्चालक र दक्ष कर्मचारीको आवश्यकता पर्दछ, कर्मचारीलाई दक्ष बनाउनका लागि व्यवसायिक दक्षता अभिवृद्धि तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष अञ्जु जि.सीले जानकारी दिईन् ।

सहकारीमार्फत सदस्यहरुलाई व्यवसायिक क्षेत्रमा क्रियाशिल बनाउनका लागि सबै भन्दा पहिला कर्मचारीहरुलाई व्यवसायिक रुपमा दक्ष र प्रभावकारी काम गर्ने बनाउन आवश्यक छ । आदर्श सञ्चार सहकारीले निरन्तर रुपमा संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आइरहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले बताए ।

कार्यक्रममा सहकारीको मुख्य उदेश्य र कार्यहरु, व्यवसाययिक तथा रणनीतिक योजनाहरु, नीति तथा कार्यविधिहरु लगायतका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।

सो अवसरमा जीसीले नेतृत्वले परिकल्पना र योजना बनाउने तथा कर्मचारीले गुणस्तरीय सेवा दिन सक्ने हो भने सहकारीको प्रतिफल सदस्यहरुका बीचमा प्रभावकारी देखिने बताए । सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सहकारी शिक्षामा जोड दिदै उनले सदस्य, सञ्चालक तथा उपसमिति र संस्थामा कार्यरत कर्मचारीहरुका बीचमा प्रभावकारी सहकारी शिक्षाबाट मात्रै सहकारी अभियानलाई प्रभावकारी बनाउन सकिने बताए ।

आदर्श सञ्चार सहकारी संस्था प्रवद्र्धन र विकासको चरण पार गरी व्यवसायिक चरणमा प्रवेश गरेकाले अब कर्मचारी, सदस्य र सञ्चालकहरुलाई व्यवसायिक दक्षता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न थालेको उनको भनाई छ । सञ्जालीकरण मार्फत गुणस्तरीय सेवामार्फत संस्थाको व्यवसायिक क्षमता वृद्धि गर्नका लागि सहकारी शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा उनको जोड थियो ।

संस्थाको उदेश्य अनुसार धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक प्रकाशनसंगै सूचना तथा सञ्चार, वित्तीय सहित सामाजिक क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीमा हाल १ हजार ४ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १४ करोड बचत, १६ करोड कर्जा लगानी रहेको प्रवन्धक सापकोटाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.