विषालु च्याउ खादा बुर्तिवाङमा ६ जना सिकिस्त { थप उपचारका लागि पाल्पा रिफर !

सुमन सुनार, बुर्तिबाङ २०७६ असार २८ । विषालु च्याउ खादा ढोरपाटन नगरपालिका वडा नं. २ सेरा बस्ने २ घर परिवारका ६ जना सिकिस्त विरामी परेका छन् ।
आज विहान नजिकैको जगंलबाट लिएको च्याउ खादा उनिहरु विरामी परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । प्रहरी निरीक्षक ओम प्रकास यादवका अनुसार, वडीगाड गाउँपालिका वडा नं. ३ सिसाखानी स्थायी घर भई हाल बुर्तिबाङको सेरा भन्ने स्थानमा बस्दै आएका ३५ वर्षिय लेख बहादुर थापा सहित उहाँकी श्रीमती २४ वर्षिय प्रेम कुमारी पुन, ५ वर्षिय छोरा सन्दीप थापा र १४ वर्षिय साला सदिस पुन सिकिस्त विरामी परेका छन् । थापाको परिवार बच्चा पढाउनका लागि ढोरपाटन नगरपालिकाको सेरामा डेरा गरी बस्दै आएका थिए ।

त्यसैगरी सेरामै बस्ने स्थानिय २४ वर्षिय सुजाता थापा र उनका ५ वर्षिय छोरा आयुस थापा पनि विषालु च्याउ खाँदा विरामी परेको प्रहरी निरिक्षक यादवको भनाई छ । दुवै घरका २ जना महिलाहरु विहानै घर माथीको जंगलमा गएर जंगली च्याउ खोजेर लिएका थिए । सोही च्याउ विहानको खानासंग खाएपछि उनिहरुको स्वास्थ्य असामान्य भएपछि फोन गरेर छिमेकीलाई बताएको र उनिहरुको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा भर्ना गरिएको वडा नं. २ का वडा अध्यक्ष युवराज महतले जानकारी दिए ।

बेहोस अवस्थामा रहेका उनिहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा रिफर गरिएको छ । विरामीहरुको स्वास्थ्य अवस्था गम्भीर देखिएको र प्राथमिक स्वास्थ्य केन्द्रमा आईसियूको अभाव समेत भएकाले यहाँ उपचार सम्भव नभएपछि पाल्पा रिफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका मेडिकल अधिकृत डा. कृष्णहरी श्रेष्ठले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.