गुल्मीको गाउँमा नुन, सदरमुकामा सुन अभाव : प्रजिअ र प्रहरी प्रमुख नआउदा सुनचाँदी व्यवसायी दु:खी !

प्रेम सुनार, गुल्मी २०७५ं६ असार २८ । अविरल बर्षाका कारण यातायात अवरुद्ध हुँदा विकट गाउँहरुमा नुनको अभाव सिर्जना हुन लागेको बेला शनिवार गुल्मीको सदरमुकाम तम्घासका सुनचाँदी ब्यवसायीहरुले भने सुनको अभाव रहेको गुनासो गरेका छन । नेपाल सुनचाँदी ब्यबसायी संघ गुल्मी शाखाको छैठौं साधरण सभा तथा तेश्रो जिल्ला अधिवेशनका बक्ताहरुले गुल्मीमा खपत हुने सुन आयात हुन नसकेको गुनासो गरेका हुन ।

एक बर्ष अघि सम्म गुल्मीलाई हप्ताको एक किलो सुन आउने गर्दथ्यो त्यसले बढो मुस्कीलले जिल्लाभरका सुनचाँदी ब्यवसायीहरुलाई पुराईन्थ्यो सुनचाँदी ब्यवसायी संघ प्रदेश ५ का सदस्य गोपाल सुनारले भने– अहिले महिनामा जम्मा एक किलो सुन आउँछ जसका कारण यहाँका सुनचाँदी ब्यवसाय धारासायी हुँदै गएको छ । उनले महासंघको अधिवेशनमा यो बिषय जोडदार ढंड संग उठाए पनि सुनुवाई हुन नसकेको गुनासो गरे ।

जिल्ला शाखा अध्यक्ष बालकृष्ण बरालले महासंघ र सरकारी निकायबाट आफुहरुलाई अन्याय भएको गुनासो गरे । आज हामीले यहाँ सिडियो र प्रहरी प्रमुखलाई बोलाएर हाम्रो मर्काहरु राख्न चाहेका थियौं उनले भने उहाँहरु नै नआउँदा दुख लागेको छ । ’ उनले थपे–‘ कतिपयले विरामीको उपचार गर्न पैसा भएन भनेर सुन बेच्न आउँछन् हामीले उद्धार भावनाले किनी दिन्छौ, पछि चोरीको सुन किन्यो भनेर हामीलाई कार्बाही गरिन्छ , कार्बाही हामी उद्धार गर्नेलाई कि त्यो सुन चोर्नेलाई ?

कार्यक्रमका प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले ईमान्दार भएर सुनचाँदी ब्यवसाय गर्न आग्रह गरे । कार्यक्रमका बिशेष अतिथी गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले सुनचाँदी ब्यवसायीहरुको पक्षमा महासंघ सुरु देखि नै काम गर्दै आएको बताए ।

अधिवेशनको खुल्ला सत्रमा संघ सल्लाकार तथा सदरमुकाम तम्घासका पुराना सुनचाँदी ब्यवसायी चिन्ताबहादुर सुनार, स्वर्र्गि उदय सुनारकी धर्मपत्नी, मानबहादुर सुनार, टोपबहादुर सुनार, खिमबहादुर सुनार , नामबहादुर सुनार , कृष्णबहादुर सुनार , कृष्ण बराईली , गोपाल सुनार , ज्ञानेन्द्र सुनार , गोरखबहादुर सुनार, डिलबहादुर सुनार, स्वर्गिय सुन्दरबहादुर सुनारकी धर्मपन्ती , ठाकुृर प्रसाद सुनार , नामबहादुर सुनार , लोकबहादुर सुनारलाई सम्मान गरिएको थियो ।

अधिवेशनमा सचिव धर्म बिश्वकर्मा र कोषाध्यक्षा झविन्द्र बिश्वकर्माले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए । संघका अध्यक्ष बालकृष्ण बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष रामु सुनारको स्वागत मन्तब्य र महासचिव नारायण बरालको सञ्चालन रहेको थियो । अहिले बन्द सत्र चलिरहेको र आजै कार्य समिति गठन गरिने सचिव धर्म बिश्वकर्माले बताए । उनका अनुसार अध्यक्ष पदका लागि निर्वतमान अध्यक्ष बराल, उपाध्यक्ष सुनार र कोषाध्यक्ष बिश्वकर्मा बिच टक्कर पर्ने बताईएको छ । महासंघमा मतदाता ६५ जना रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.