अमरभभूमी स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यको आम भेला सम्पन्न : स्वास्थ्य चौकीको व्यवस्थापन राम्रो !

ताराखोला २०७६ असार २८ । ताराखोला गाउॅपालिका वडा नं १ स्थितअमरभुम िस्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यको सार्वजनिकीकरण आम भेला शुक्रबार सम्पन्न भएको छ । सामाजिक परिक्षण कार्यको पहिलो चरणमा अमरभुमी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।

अभियानको क्रममा ताराखोला गाउॅपालिका वडा नं १ को अमरभुमी स्थित विभिन्न गाउॅ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

आम भेलामा सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी प्रस्तुत गरेकी थिईन ।

भेलामा उपस्थित स्थानियबासीले स्वास्थ्य चौकीमा नेपाल सरकारले प्रदान गर्ने सेवा सुविधा र अत्यावश्यक औषधीको नियमित व्यवस्थापन, गाउॅपालिकामा गर्भवती र अन्य विरामीलाई लक्षित गरि एम्बुलेन्स सेवा, भिडियो एक्स(रे र प्रयोगशाला ल्याव सेवा उपलब्ध गराईदिनको लागि सुझाव दिएका छन । त्यस्तै स्वास्थ्य चौकी मार्फत प्रदान गरिने सेवा सुविधाहरुलाई समय सापेक्ष सुधार गर्दै थप प्रभावकारी बनाउनु पर्ने समुदायको भनाई छ । त्यस्तै भेलामा समुदायले स्वास्थ्य चौकीमा जाँदा स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको, उपलब्ध औषधीहरु सहजै रुपमा पाउने गरेको, शौचालय, खानेपानी र सरसफाईको व्यवस्थापन राम्रो रहेको बताएका थिए ।

अमरभुमी स्वास्थ्य चौकीले नयाँ आधुनिक सुविधा सहितको भवनबाट सेवा सुविधा प्रदान गरिरहेको स्वास्थ्य चौकीले जनाएको छ । आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको अमरभुमी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष एवं वडा अध्यक्ष यम बहादुर श्रीस र अमरभुमी स्वास्थ्य चौकीका प्रमुख ममता मुखियाले प्रतिवद्धता मन्तव्य सहित स्पष्ट पारेका थिए ।

सो अवसरमा ताराखोला गाउॅपालिका वडा नं १ का वडा सदस्य खर्क बहादुर घर्ती, पुर्व गाविस अध्यक्ष नन्दलाल गैरे, नेपाली काँग्रेस अमरभुमीका सभापति एवं स्वास्थ्य चौकीका सल्लाहकार सदस्य काजीमान घर्ती र टोल सुधार समिति संयोजक टेक बहादुर श्रीसले शुभकामना मन्तव्य दिएका थिए।

सामाजिक परिक्षण कार्यको आम भेलामा अमरभुमी स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । आम भेला ताराखोला गाउॅपालिका वडा नं १ का वडा अध्यक्ष तथा अमरभुमी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर श्रीसको अध्यक्षता, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सल्लाहकार सदस्य होम बहादुर रोकाको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.