तम्घासमा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना तथा सरफाई अभिमुखिकरण कार्यक्रम सम्पन्न !

मनु सुनार, गुल्मी २०७६ असार २८ । सदरमुकाम तम्घासमा रहेको एक बिद्यालयमा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम तथा सरफाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । रेसुङ्गा माध्यामिक बिद्यालयमा रेसुङ्गा नगरपालिका वडा नं–२ को आर्थिक सहयोग तथा डायमण्ड युवा क्लब तम्घासको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
रेसुङ्गा नगरपालिका वडा नं २ का वडाध्यक्ष उदय बहादुर थापाले डायमण्ड युवा क्लब प्रशिक्षित भयपश्चात वडाको प्रत्येक टोल–टोलमा पुगेर प्रशिक्षण गर्ने बताउदै ‘डायमण्ड युवा क्लबको माध्यमव्दारा प्रत्येक टोल–टोलमा पुगेर लागु पदार्थ दुव्र्यसनी तथा सरफाईका बिषयमा जानकारी गराउने जानकारी दिए ।’ यसले स्वस्थ नगरपािलका र हराभरा नगरपालिका बनाउन मद्दत पुग्ने उनको भनाई छ ।

कार्यक्रममा ‘लागु औषध दुव्र्यसन विरुद्ध सचेतना सम्बन्धी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक रविन्द्र खड्काले प्रशिक्षण दिएका थिए । प्रनानि खड्काले जिल्लामा लागु पदार्थ दुव्र्यसनीको अवस्था भयावह नभए पनि हुन सक्ने जोखीमतालाई न्युनिकरणका लागि यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । जिल्लामा लागु पदार्थ दुव्र्यसनीको नियन्त्रणका लागि बाहिर जिल्लाबाट प्रवेश हुने नाकाहरुका ठाउँठाउँमा चेक प्वाइन्टहरु राखिएको खुलासा पनि प्रसनि खडकाले गरे ।
उनले प्रहरीको सक्रियतामा समय–समयमा गाँजा फडानीसँगै जिल्लाका विभिन्न विद्यालयहरुमा पुगी यस सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बताए ।

सो अवसरमा सरसफाई सम्बन्धी अभिमुखिकरण रेसुङ्गा नगरपालिका वातावरण शाखा प्रमुख शंकर गौतमले प्रशिक्षण दिदै सहभागीहरुलाई नगरपालिकाभित्र औसतमा फोहोर उत्पादन ०.२५ के.जी रहेको बताए ।

शहरी क्षेत्रको ७५ प्रतिशत फोहोर घरबाट उत्पादन हुने गर्दछ, फोहोर उत्पादन दर प्रति व्यक्ति ०.३४ के.जी रहेको छ र यसकोे सही व्यवस्थापन गर्न सके फोहोरलाई मोहरमा रुपान्तरण गर्न सकिने उनको भनाई थियो । यसको लागी नगरपालिका निरन्तर प्रयासरत रहेकाले हातमा हात मिलाएर लाग्न उनले आग्रह समेत गरे ।

अभिमुखिकरण कार्यक्रममा रेसुङ्गा माध्यामिक बिद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारी, रेसुङ्गा नगरपालिका वडा नं–२ का वडासदस्यहरु कृष्ण बहादुर थापा, शेरबहादुर विश्वकर्मा, गंगा थापा, नारायणी विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो भने डायमण्ड युवा क्लबका अध्यक्ष तिलक केसकिो अध्यक्षता रहेको अभिमुखीकरण कार्यक्रममा शिक्षक,बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

कार्यालय प्रमुख डिल्ली बिश्वकर्माले अभिवृद्धि कार्यक्रम अत्यन्तै महत्वपुर्ण भएकाले सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।तालिममा सदरमुकाम तम्घासमा रहेका विभिन्न बिद्यालयहरुको बिद्यार्थीहरुको सहभागीता रहेको छ । दुई दिन सम्म सञ्चालन हुने तालिमको शनिबार समापन गरीने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.