ताराखोलाको काँक्राखोरमा बिजुली बलेपछी गाउनै उज्यालो, स्थानीयवासी हर्षित !
मध्य ताराखोला जलबिद्युत आयोजना प्रभु बैंकको एकल लगानीमा डेढवर्ष भित्र निर्माण हुने !

मन्दिप निउरे, ताराखोला २०७६ असार २७ । ताराखोला गाउँपालिका वडा नम्बर ३ हिलको काक्राखोरमा आज बिजुली बत्ती बलेपछी गाउँ नै उज्यालो भएको छ ।

काक्राखोरमा अहिले सम्म बिजुली आएको थिएन । काक्राखोर आधारभुत बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष मन बहादुर लामीछानेले आज देखि हाम्रो गाउँ बल्ल उज्यालो भएको छ । यहाँका स्थानिय बासिन्दाहरुले पहिला टुकी को प्रयोग गर्दै आएका थिए भने केहि बर्ष पछी सोलारको प्रयोग गर्दै आएका थिए ।

यहाँको बिजुलीको समस्या थियो उक्त समस्याको समाधान भएको छ । ताराखोला सामुदायिक जलविद्युतले ३८० किलोवाटको बिद्युत उत्पादन गरेपछी आज देखि काक्राखोरमा बिजुली बले हो ।

अब गाउँमा बिजुली पनि आज देखि आयो काक्राखोरका युवा नबिन लामीछानेले खुसी हुदै भने आज देखि गाउँमा विभिन्न सन्चारका साधानहरु प्रयोग गर्न सकिन्छ । अब गाउँमा विभिन्न उद्योग धन्दाहरु समेत सन्चालन गर्न सकिन्छ । काक्राखोर धेरै सम्भाबन रहेको क्षेत्र भीपनि बिजुली नभएको कारणले विभिन्न कामहरु गर्न समस्या रहेको थियो ।

उक्त क्षेत्रमा कुटानी पिसानी मिल डिजेलबाट सन्चालन हुँदै आएको थिए अब गाउँमा मिल समेत बिजुलीबाट सन्चालन गर्न सकिने भएपछी कुटानी पिसानी सस्तो हुने भएको छ ।

यसैवीच मध्य ताराखोला जलविधुत आयोजनामा प्रभु बैंकको एकल लगानीबाट निर्माण गरिने भएको छ । यस सम्वन्धमा आजै ताराखोला हाइड्रोपावर प्रा.लि तर्फबाट अध्यक्ष शिव गिरी र वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच संझौता भएको छ । सम्झौतामा कुल लगानीको ८० प्रतिशत वैंकले र २० प्रतिशत प्रवद्र्धक कम्पनीको स्वपुँजी लगानी हुने उल्लेख छ । आयोजनाको कुल लगानी रु ३४ करोड रहने जनाईएको छ भने डेढ वर्ष भित्र सम्पन्न हुने लक्ष लिईएको यस आयोजनाबाट १७सय किलोवाट विद्युत उत्पादन हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.