कलाकार अमर थापाको तीज गीत ‘घर छाडेर जा’ विमोचन !

संगम घर्तीमगर, बागलुङ, २०७६ असार २६ । लामो समय देखि अमेरिकामा रहँदै आएका कलाकार अमर थापाको तीज गीत ‘घर छोडेर जा’ को बिहीबार विमोचन गरिएको छ । बागलुङ काठेखोला गाउँपालिका—१ पाला घर भई अमेरिकामा बस्दै आएका थापाले जन्मघर फर्केको बखत पारेर उक्त गीत बजारमा ल्याएका हुन् । ह्वाईट नेपाल प्रोडक्सन हाउस मार्फत सार्वजनिक गरिएको उक्त गितमा श्रीमान श्रीमतीबीचको झगडालाई मुख्य विषयवस्तु बनाईएको छ । ‘समाजमा ििवभन्न कारणले श्रीमान श्रीमतीबीच उत्पन्न हुने विवादलाई व्यङ्ग्यात्मक र हँसिलो पारामा गीतमा प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ गीत विमोचन कार्यक्रममा कलाकार थापाले भने,‘यो गीतलाई अमेरिकाको न्यूयोर्क र नेपालका विभिन्न ठाउँमा छायाँङ्कन गरेका छौं । रमाईलो तरिकाले भिडीयो प्रस्तुत गर्ने हाम्रो प्रयास छ ।’

कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सचिव राम थापा, लेखक दिल निशानी मगरले विदेशको भूमिमा रहेर पनि नेपाल गीतसंगित र कलाकारिता प्रतिको लगाव सराहनीय भएको बताए ।

रामु विरहीको शब्द संगीतमा तयार गीतमा कलाकार देब शाहनी र मनु वनले आवाज दिएका छन् । गीतको भिडीयामा विभिन्न स्क्याण्डल मार्फत चर्चामा आईरहने मोडल तिर्सना बुढाथोकीसंगै स्वयं अमर थापा र बिनु कार्कीले अभिनय गरेका छन् । अमर थापा र रामु विरहीले निर्देशन गरेका भिडीयोका छायाङ्कन टेक पुन, सुनिल घर्ती र बसु न्यौपानेले गरेका छन् । गीत ह्वाईट नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.