हिलको साउने सक्रान्ति मेलाको २८ औ बाषिर्काेत्सव असार २९ गते देखि साउन १ गते सम्म मनाइने

मन्दिप निउरे, ताराखोला २०७६ असार २६ । ताराखोला गाउँपालिका वडा नम्बर ३ हिलको साउने सक्रान्ति मेलाको २८ औ बाषिकाेत्सब बिबिध कायक्रमका साथ असार २९ गते देखि साउन १ गते सम्म मनाइने भएकोे साउने सक्रान्ति मेला व्यवस्थापन समितिकाअध्यक्ष जग बहादुर घर्तिले बताए ।

क्लबले हिलको पहिचान सस्कृती संरक्षण स्वच्छ समृझ समाज निर्माणमा हाम्रो अभियान भने मुल नाराको साथ विभिन्न खेलखुद तथा रचनात्मक र झाकी प्रदशनी गरि मनाउने भएको छ । मेलाको अबसरमा खुल्ला वडा स्यरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ५५ हजार हात पार्ने छ भने व्दितीय हुने समुहले ४० हजार प्राप्त गर्ने छ ।

नयाँ संरचना अनुसार महिला भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद २५ हजार हात प्राप्त गर्ने छ भने दितिय हुने समुहले १५ हजार प्राप्त गर्ने छ । एकल नृत्य प्रतियोगितामा प्रथम हुने समुहले ७हजार ,दितिय हुने समुहले ५ हजार , तुतिय हुने समुहले ३ हजार हात पार्ने छ । मेलामा भाले छुने प्रतियोगिता सन्चालन गर्ने भएको छ ।

कायक्रमको उदघाटन साउन १ गते गण्डकी प्रदेशका सांसद दिल माया रोका गौतम दिपाबाट हुने भएको छ । कायर्क्रमको विशिष्ट अथितिको रूपमा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती ,उपाध्यक्ष दिल कुमारी पुन रोका , वाड नम्बर ३ का अध्यक्ष डिल बहादुर बस्नेत लगायतको उपस्थिति रहने क्लबका सचिब गमन नाइसाले जानकारी दिए । कायक्रममा राष्ट्रिय तथा स्यानिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.