काठेखोला गाउँपालिकामा जता हे-यो उतै भ्रष्टाचार, अब पाईपाईको हिसाब खोजिन्छ – नेपाली काँग्रेस

भरत सापकोटा, बागलुङ २०७६ असार २४ । नेपाली काँग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रिय सभापति होमबहादुर हमालले हिँजो सोमबार गाउपालिका कार्यालयको सभाहलमा आयोजित नेपाली काँग्रेस काँठेखोला गाउँपालिकाको संयोजनमा आयोजित ज्ञापन पत्र बुझाउने कार्यक्रममा गाउपालिका अध्यक्ष अमर थपालाई ज्ञापनपत्र बुझाउदे नेपाली काँग्रेस र समर्थक जनतालाई वेवास्ता गरेमा जस्तो सुकै कदम चाल्ने चेतावनी दिए ।

काठेखोला गाउँपालिका चालु आर्थिक वर्षमा गत वर्ष भन्दा भ्रष्ट र निरङ्कुश बन्दै गएकाले तत्काल कमजोरी सच्चाइ समान व्यवहार गर्नका लागि नेपाली काँग्रेस काठेखोलाका तर्फबाट १२ बुँदे ज्ञापनपत्र बुझाईएको हो ।

नेपाली काँग्रेसका जिल्ला सदस्य चित्रबहादुर कार्कीले प्रधानमन्त्रीसँग जोडिएका योजनाहरूमा वडाहरूमा किन भिन्नता ? भन्ने सबाल उठाउदै बिभेद नगर्न चेतावनी दिए भने क्षेत्रिय प्रतिनिधि प्रमानन्द कँडेलले वडाका विभिन्न भेगबाट आएका योजनाहरूलाई गाउँपालिकामा अभिलेख राख्न र प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्न आग्रह गरे।

सो कार्यक्रममा वडा नं २ भिमपोखराका नेका नेता प्रकाशमान थापाले भिमपोखरामा २३२ वटा जुठेल्नो बनाउदा प्रति जुठेल्नो रू ३१०। का दरले ७१९२०। घोटला भएको र त्यसको वास्ताविकता र कस्ले रकम खाएको छ भन्ने प्रश्न उठाएका थिए । गाउँपालिकाको भवन निर्माणको सुचना निकालेर पनि किन भवन बनेनर ?, भवन बनाउने बजेट किन फ्रिज भयो ? लगायतका विषयमा अर्का नेका नेता जब्बरबहादुर लामिछानेले उत्तरदायित्व वहन गर्न सजक बनाए ।

समिति गठन गरेर पनि ईष्टिमेट अनुसार काम नगरी अवरूद्ध रहेको दोविल्ला चोक एकपाटाबाट गाउँपालिका जाने बाटो आज नेपाली काँग्रेसको डेलिगेसनका कारणले सञ्चालनमा आएको उनले बताए ।

नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष नरेन्द्र कँडेलले वडा नं ६ को सुन्तला पकेट क्षेत्र योजनामा सुन्तलाका विरूवा खरिद गर्न प्राविधिक नगई जनप्रतिनिधी आफै संलग्न भएर चरम घोटला गरेको ईङ्कित गरे ।

सोहि समयमा नेता टिकाराम कँडेलले कृषकले सिधै खरिद गर्दा रु १० मा पाईने विरूवालाई रु ४० रूपैयामा खरिद गरेर चरम भ्रष्टाचार गरेको बताए । वडा अध्यक्ष र गाउँपालिकाले समेत बिहुँ किम्बोट घुम्तिबाट तंग्राम जाने महत्वपुर्ण बाटो मर्मत गर्नका लागि समिति गठन गर्न लगाएर बजेट नदिई दुःख किन दिएको भनेर समितिका अध्यक्ष बनेका गंगाराम कँडेलले सबाल गरे ।

जानकारीमा रहोस पकेट, क्षेत्रका नाममा निजी जग्गामा रहेका रूख विरूवा लापरवाही तवरले बिना समन्वय काटेको भन्दै जिल्ला वन कार्यालय र जिल्ला अदालतमा समेत मुद्दा दर्ता भएको पीडित उपभोक्ता अर्जुन कँडेलले बताए ।

अपाङ्गता तथा गरिब परिचय पत्र वितरणमा राजनैतिकरण गरेर समाजमा विखण्डन मच्चाएको भन्दै युवा नेता भुवन कँडेलले गाउँपालिका सच्चिएर काम गर्न चेतावनी समेत दिए।

गाउँपालिका अध्यक्ष अम्मर बहादुर थापाले ज्ञापनपत्र बुझ्दै काँग्रेसले उठाएका विषयमा अध्ययन गरी लिखित जवाफ दिने प्रतिबद्दता व्यक्त गरे ।
गाउँपालिका भित्रका विभिन्न सडक, वडा भवन, स्वास्थ्य चौकी लगायतका योजनामा लापरवाही गरेको, विभिन्न तरिकाबाट भएको थप बजेटमा कार्यकर्ता पालनपोषण गरेको लगायतका विषयमा काँठेखोला गाउँपालिकाका सचिव यामदत्त कँडेलले ज्ञापनपत्र पढेर हस्तान्तरण गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *