तुरतुरे तालमा सडक मरमत कार्य जारी, मध्यपहाडी लोकमार्गका प्रमुख डिभिजन ईन्जिनियर थापा कहाँ छन् ?

बागलुङ २०७६ असार २३ । ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाको सीमानामा रहेको तुरतुरे तालको तलतिर (खण्ड)को सडक बडीगाड खोलाले खसालेको छ । वर्षात सँगै बडीगाड खोलाको पानीको सतह बढेपछी सो सडक खसेको प्रत्यक्षदर्शीले बताएका छन् । खोलामा बाँस र रुख तेर्सिएपछी सो खण्ड खसेको उनिहरुको भनाई छ ।
गत २०७५ भदौ २९ गते राति तुरतुरेको डाँडाबाट खसेको भीषण पहिरोले बडीगाड खोला अवरुद्ध बनी ताल बनेको थियो भने पहिरोबाट सो सडक खण्ड क्षतीग्रस्त बनेर झण्डै एक महिना लोकमार्ग अवरुद्ध बनेको थियो । सोहि पहिरोले त्यतिबेलै चर्किएको सडक खण्ड अस्ति बडीगाड खोलामा पानीको बहाव बढेपछी भत्किएको हो । यसलाई समय मै व्यवस्थापन नगरे ठुलै समस्या आईलाग्ने पनि स्थानीयले बताए ।

तुरतुरे तालमा अनुगमन टोली । तस्वीर सौजन्य- प्रहरी उपरीक्षक कृष्णहरि शर्मा ।

यो लिंकपनि पढौँ
लोकमार्ग सूचारु हुन महिना लाग्ने, उपभोग्य बस्तुहरुको अभावसँगै मुल्यबृद्धिको चपेटामा उपभोक्ता !

तुरतुरे तालको तल्लो भागको चर्किएको सडक खण्ड बडीगाड खोलाले झारे पछी त्यस्को अध्ययन अनुगमन गर्न जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको नेतृत्वमा आईतबार जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, अर्जुनबाण गणका प्रमुख सेनानी भुवन देवकोटा, राष्ट्रिय अनुसन्धानका उप निर्देशक नरेन्द्रराज गिरी समेतको टोली त्यहाँ पुगेको थियो । अनुगमन टोलीले ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाईजा लगायत स्थानीय जनप्रतिनिधीहरुको समन्वयमा तत्काल सडक मरमत र खोलाको पानीको बहाव सुचारु गर्न आवश्यक पहल गर्ने सहमति अनुसार आईतबार देखिनै डोजर लगाएर सडक सफा गर्ने कार्य सुरु गरिएको छ ।
यो लिंकपनि पढौँ
कार्यालय प्रमुखको बैठकमा मध्यपहाडी लोकमार्गका सीडीई थापामगर किन अनुपस्थित रहे ? यस्तो छ, कारण !

तुरतुरेमा मध्यपहाडी लोकमार्ग भासियो भन्ने हल्ला प्रकाशमा आएपछी हामीले ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई सोधेका थियौँ, ‘के तुरतुरेमा मध्यपहाडी लोकमार्ग भासिएकै हो ?’

नगरप्रमुख नेपालीको जवाफ थियो, ‘लोकमार्ग भासिएको होईन, गत भदौमै पहिरो जाँदाकै बेला चर्किएको सडक बडीगाड खोलाले खसालेको हो ।’ उनले भने, ‘हिँजै देखी डोजर लगाएर सडक मरमत कार्य सुरु भैसकेको छ, सवारी आवागमन सुचारु छ ।’

‘चर्किएको सडक खण्ड भत्किएपछी, तुरतुरे तालको भविष्य कस्तो देख्नु भएको छ ?’ भन्ने प्रश्नमा, नगरप्रमुख नेपालीले, ‘तुरतरे ताललाई कुनै खतरा छैन, न तालबाट त्यस तलका मानवबस्तलाई नै खतरा छ । आठ महिना अघि चर्किएको सडक खसेको मात्र हो । यसबाट कुनै गम्भीर क्षेतीको संभावना छैन, लोकमार्ग भासियो भन्नु हौवा सिर्जना गर्न खोजिएको मात्र’भएको स्पट जवाफ दिए । उनले भने, ‘अहिले (बिहान) पनि डोजर लिएर सडक मरमत स्थलमै उपस्थित छु, द्रुतगतिमा मसरमतको काम भभैरहेको छ ।’
यो लिंकपनि पढौँ
मध्यपहाडी लोकमार्ग : आयोजना प्रमुख र ठेकदारलाई भेट्टाउनै सास्ती !

यसैवीच बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजासंग पनि तुरतुरेको ताल र अस्ति बडीगाड खोलाले खसालेका चर्किएका सडकलाई लिएर हामीले केहि जिज्ञासा राखेका थियौँ । हाम्रो जिज्ञासमा अध्यक्ष पाईजाले, ‘मध्यपहाडी लोकमार्ग भासिएको नभै गत भदौमा पहिरो जाँदा चिरिएको सडकको भाग खसेको बताउदै खोलामा रहेका रुख र बाँसको व्यवस्थापन गरेमा सडकलाई कुनै खतरा नभएको’ जानकारी दिए ।अध्यक्ष पाईजाले तुरतुरे ताल सुरक्षित रहेको र तालबाट केहि खतरा नभएको बताए । हामी हिँजै देखी सडक मरमतमा लागेका छौँ, डोजरले काम भैरहेको छ कुनै खतर छैन ।’

अनुगमनमा पुगेका विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी क्षेत्री संग हाम्रा सहकर्मी भरत सापकोटाले लोकमार्ग भासिएको सन्दर्भमा केहि जिज्ञासा राखेका थिए । प्रजिअ क्षेत्रीले पहिरो जाँदा चर्किएको सडक बडीगाड खोलाले खसालेको जानकारी दिँदै हिँजै देखी मरमत काम भएको बताए । कुराकानीमा प्रजिअ क्षेत्रीले खोलामा रहेको रुख र बाँस हटाउन लगाई डोजरबाट सडक मरमत गर्न सुरु भएको जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख डिभिजन ईन्जिनियर आशिष थापामगर तुरतुरेमा सडक खसेर उत्पन्न विषम परिस्थितीलाई गंभीरतापूर्वक नलिएकोमा स्थानीय निकै आक्रोशित बनेका छन् । प्रशासन, प्रहरी, जनप्रतिनिधीहरुको सम्पर्कमा आउन नचाहने आफुनै सर्बेसर्वा ठान्ने सोँचले ग्रस्त प्रमुख डिभिजन ईन्जिनियर थापालाई गत बैशाख ५ गते तत्कालीन प्रजिअ बेदप्रसाद खरेलले मध्यपहाडी लोकमार्गबारे जानकारी दिन बैठकमा बोलाउदा पनि उपस्थित भएनन् । यतिबेला पनि उनको स्थानीले तीब्र बिरोध जनाउदै आएका छन ।
प्रमुख ईन्जिनियर थापाकै कारण बागलुङ सदरमुकाम देखी बिहुँ खण्डको काम तदारुकताका साथ हुन नसकेको उपभोक्ताहरुको आरोप छ । तुरतुरे सडक अवलोकन गर्न आईतबार त्यस स्थानमा पुगेको प्रजिअ क्षेत्री नेतृत्वको टोलीमा मध्यपहाडी लोकमार्गका प्रमुख सिनियर डिभिजन ईन्जिनियर आशिष थापा मगर अनुपस्थित रहनुलाई स्थानीयले गम्भीर रुपमा लिएर उनको आलोचना गरेका थिए ।

तस्वीर/भिडियो – अर्जुन ढकाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.