सहकारी दिवसमा मानब सेवा आश्रमका लागि उपभोग्य सामाग्री हस्तान्तरण !

सुमन जि.सी, बागलुङ २०७३ चैत १८ । डिभिजन सहकारी कार्यालय वागलुङको संयोजन र जिल्लामा क्रियाशिल जिल्ला सहकारी संघ र विषयगत सहकारी संघले ६० औं राष्ट्रिय सहकारी दिवस २०७३ को पुर्व सन्ध्यामा जिल्लामा भर्खर मात्र स्थापना भएको मानव सेवा आश्रमका लागि एक कार्यक्रमका विच उपभोग्य सामाग्रहीहरु हस्तान्तरण गरेका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको तर्फवाट आश्रमका ३ वटा कोठाका लागि कारपेट, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि बागलुङको तर्फवाट १८ पिस चकटी, जिल्ला दुग्ध सहकारी संघ लि. बागलुङको तर्फवाट २ पिस चामल र जिल्ला सञ्चार सहकारी संघ लि. बागलुङको तर्फवाट १ प्याक तेल सहकारीकर्मीहरुले आश्रम सञ्चालकलाई कार्यक्रममा हस्तान्तरण गरेका थिए ।

“दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ यहि मिति २०७३ चैत्र २० गते सम्पन्न हुन लागिरहेको राष्ट्रिय सहकारी दिवसलाई त्रिदिवसीय रुपमा मनाउने क्रममा आज पहिलो दिन मानव सेवा आश्रममा उपभोग्य सामाग्री वितरण, दोश्रो दिन सहकारी संस्थामा कार्यरत कर्मचारीहरु विच “दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” विषयक बकतृत्वकला कार्यक्रम र चैत्र २० गते प्रभातफेरी सहित मुल समारोह गरी भव्य रुपमा मनाउन लागिरहेको जानकारी गराउँदै कार्यक्रमका प्रमुख अतीथि डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी अधिकृत विष्णुप्रसाद शर्माले सडकमा रहेका वालवालीका, युवा, बृद्धाबृद्धा, अशक्त र मानसीक सन्तुलन गुमेका व्यक्तिहरुलाई आश्रमद्धारा दिन लागिएको सेवा प्रशंसनीय रहेको बताए ।

सोही अवसरमा वोल्दै नेफ्स्कुनका सञ्चालक एवं जिल्ला बचत संघ बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारीको ७ सिद्धान्त मध्येको समुदायप्रतीको चाँसोलाई मध्येनजर गर्दै जिल्लाको सहकारी अभियानले सहकारी दिवसको अवसरमा यो सुरुवात गरेको बताए पौडेलले यो अभियानलाई संस्थागत गर्नका लागि सिंगो सहकारी अभियान सदैव साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा आश्रम सञ्चालनको उद्देश्यका वारेमा जानकारी दिदै संयोजक मनिष रायमाझिले सड्कमा वस्ने, मागेर खाने, मानसीक सन्तुलन गुमाएका गरिब, अशक्त, बेसाहरा व्यक्तिहरुको संरक्षणका लागि आश्रम सञ्चालन गरिएको जानकारी गराए । रायमाझिले अवको ४ वर्षभित्र धौलागिरी क्षेत्रका सड्कमा बस्ने व्यक्तिहरुलाई आश्रममा स्थान्तरण गर्ने उद्देश्य आफुहरुको रहेको बताए ।

कार्यक्रम जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. बागलुङका अध्यक्ष अञ्जु जि.सीको स्वागत र जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.