ताराखोला असारे मेलाको आर्थिक पक्ष : चीन र भारतीय सामानको व्यापार !

खगेन्द्र विश्वकर्मा

हरेक विषयमा आर्थिक पहिलो कुरा हो भन्नुको मतलव यो होईनकि संस्कृति दास्रो हो, हामीले हाम्रो सस्कृति संसारलाई आर्थिक रुपमा बदल्ने काममा तल्लीन नहुनु भनेको हामी रित्तिनु वा मासिदै जानु हो । २१ औ सताप्दीमा आई पुग्दा हरेक चिजलाई व्यावसायिक बनाउन सक्ने मात्र अस्तित्वमा रहन्छ । तर हामीले ताराखोलामा मनाईने असारे मेलालाई खाली रंग रमाईलो गर्ने मेलामा मात्र लिईनु हुदैन । न कि यस परम्परागत मेलालाई व्यापारिह मेलामा वदल्ने काम अहिलेको पुस्ताको हो । परम्परागत रुपमा तराली मगरहरुले असारे पर्व आफ्नो ऐतिहासिक महत्त्वका साथ तारा गाउँमा मनाउदै आएका छन् । यसै सन्दर्भमा तारा ५ करिमेलामा त्येहि असारे मेलाको नामामा क्mब संचालन गरि मेला मनाउदै आईएको छ । असारेमेलाई असारे मेलाको दशौँ बार्षिक उत्सवको विभिन्न कार्यक्रमको रुपमा मनाईदैछ । शिक्षाको राष्ट्रिय उद्देश्यपनि यहि छ कि समाजिक एकता कला संस्किृतिको संरक्षणमा सबै जातिको सद्भाव कायम होस । यहाँनेर ताराखोलामा मनाईने असारे मेलाको ऐतिहासिक पक्षसंगै स्थानीयको आर्थिक पक्षलाई बलियो बनाउनुमा हो । असारे मेलामा विभिन्न खेलकुद लगाएतका कार्यक्रम हुन्छन् । जहाँ नाँच गान विना त नुनविनाको तरकारी झै मानिन्छ । जे होस् जहाँ मौलिकता भन्दा व्यावसायिकता । हो हामिीले सामान्य नजरले यहि देख्छौ । तर यो त परम्परागत विषय मात्र हो र अहिले मौलिकताको नाममा खेलकुद क्षेत्रलाई अगाडि बढाईएको राम्रो पक्ष छ या यसलाई निरन्तर थामिदै आएको छ। अर्कोतिर साथीभाइ ,प्रेमी प्रेमिका, आफन्त भेटघाटको रुपमा लिईन्छ । त्यो पनि राम्रो । तर यी सबै संयोगले भएको कुरा हो ।

जहाँ हामीले यस मेलालाई आर्थिक उपार्जनको विषय संग जोड्ने कुरामा अगाडि बढौ । हुनत समान्य तया मेलाले ताराखोला करिमेला र सोहि आसपासमा केही होटल व्यवसायी , खाजा नास्ता व्यावसायीकहरुले मेला अबधिको ५ देखि ७ दिनमा सामान्य देखि ठुलाले रामै कारोबार गरेका हुन्छन । मेला अवधिमा दश पन्धैवटा साना ठुला खाजा नास्ता होटलहरु संचालित हुन्छन् । जहाँ असारे युवा क्mबको मेलाले ताराखोला तारामा आधा करोड हाराहारी व्यापार हुन्छ । ताराखोलाको गरिमेलामा ५।७ दिनमा ५० लाखको कारोबार हुनु चानचुने कुरा होईन। तर, मुख्य कुरा त्यो रकम व्यापारमै जान्छ भन्नुको मतलव हामीले ताराखोलामा उत्पादित वस्तु तथा सेवाको व्यापार गरेका हुदैनौ । सधै बजारिया उपभोग्य बस्तुको दलाल तथा मध्यस्तकर्ताको काम गरेका छौ । मेलाको व्यापारमा ठुलो आर्थिक कारोबार खाजा खानामा हुन्छ । दोस्रो कारोबार बालबाच्चाको खेलौनामा हुन्छ तेस्रो कारोबार साउन नजिकिदै गर्दा नारी चुरा धागोको कारोबार हुन्छ । आखिर होटलका सामाग्री ताराखोलामा आलुबाहेक अन्य सबै बाह्य र अन्तर्राष्ट्रिय बजारबाट आएको हुन्छन् । सामान्य प्याज, नुन, खुर्सानी, तेल, चना, चाउमिन ,मैदा ,गोपि ,मुला आदि उदाहरण मात्र हुन त्यसपछि मेलापर्वमा अर्को ठुलो कारोबारहुने क्षेत्र हो पेय पदार्थ तथा मदिरामा स्थानिय रक्सी भन्दा १० गुणा बढी रकमको बाह्य बजारका सपल प्याक रक्सीको व्यापार हुन्छ । अब तपाईं भन्नुस यसका अन्तिम नाफा प्रापक के त्यहाका स्थानियमा पर्छन। अहँ पर्दैनन् आखिर ५० लाखको कारोबार हुदा त्यहा १० लाख सम्म पनि स्थानीयको हातमा हुदैन । किनकि उत्पादित वस्तु तथा सेवा ताराखोलाको स्थानीय बजारका छैनन् ।

प्रश्न के ताराखोलामा वस्तुहरु उत्पादन हुदैन त ? जवाफ हुन्छन् त्येसो भए के के हुन्छन त कसरी मेला संग स्थानियको आर्थिक समृद्धिलाई जोड्न सकिन्छ त । हो सकिन्छ तर नीति तथा कार्यक्रमनै लागु गर्नु पर्छ ।रर खाना खाजा जन्य वस्तुकालागी स्थानीय स्तरमा उत्पादित वस्तु उत्पाद गरि प्रयोग गर्ने जस्तै प्याज, लसुन, च्याउ, काउलिर सागपात, धान चामल, कोदोको परिकार , फापरका परिकार, सलादजन्य काँक्रो, मुला, गाँजर, टमाटर, आडि अनि मासुजन्य खसी, बाख्रा , कुखुरा , रागा भैंसी, मासुको आपुर्तिभने ९० प्रतिशत स्थानि स्तरमै आपुर्ति हुन्छ । अब मदिरा मदिरामा स्थानिय उत्पादनलाई प्राथमिकता दिने सिलप्याकलाई प्रतिबन्ध गर्न नमिल्ला तर कम प्रयोग गराउने । अनि स्थानिय उत्पादित बस्तुको स्टल राखि व्यापार बढाउने ।

जस्तै ताराखोलाका उत्पादित वस्तुहरु , डोका ,डाली, नाम्ला, नेपाली कागज , डायरिी घ्यू , मह, च्याउ, सिस्नो पाउदर, अल्लोका कपडा, झोला, खास्टो पत्छौरी , गलबन्दी , उनिका कपडा, तथा वैधानिक जडिबुटी , खसी, बोका , रागा बेच्नका लागि स्थलमा राख्न सकियोस । स्थानिय स्तरका उत्पादित भाँडाकुँडाहरुको स्थल राखी व्यापार बढाउन सकिन्छ । अथवा मेलालाई नै स्थानि अर्गानिक खानाको प्रयोग , मौलिक कला सस्कृतिको नाच, गान, भजन पन्चेबाजा,मारुती, सोरथि, झ्याउरे गितका स्थानियलाई अवसर बढाउदै आर्थिक उपार्जान गरि मौलिक कोसेलि नाममा नारा निर्माण गरि मेलालाई वृश्रित बनाउन सकिन्छ । होम स्टे वा पाहुना घर यहि समयमा प्रयोग गरि आम्दानी बढाउ तब मात्र मेलाले आर्थिक रुपमा स्थानियलाई प्रभाव पार्दछ । ,समृद्ध स्थानिय बन्न सक्छ छन् । यस विषमा जोडतोडका साथ लागौ । अन्यथा मेला महोत्सव चलाउदै हप्तामै करौडौ मुनाफा कमाउने मेला महोत्सव व्यावसायी ताराखोलामा भित्रिने विषयमा चर्चा गरौँ । स्थानिय सरकार स्थानिय क्लब स्थानियबासी ताराखोलाको अर्गानिक मेला संचालन गर्ने विषयमा सोचौ लागौ जागौ । हामीले अहिले मेलामा चीनका खेलौना र भारतको तरकारी वेचिरहेका छौ, मेलामा भने कलामा स्थानिय झाकी भन्दा बाह्य तथा रेकर्डमा साउनमा ठुलो खर्च गरिरहेका छौ तर खेलकुद भने प्रसंसनीय छ ।

ताराखोला, २०७६ असार २२ ।
लेखक त्रिभुवन विश्वास विद्यालयको अर्थशास्त्र स्नातकोत्तरका विद्यार्थी हुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *