गुल्मीका एसईई टपर छात्रको ब्रिटिश आर्मी र छात्राको डाक्टर बन्ने सपना !

प्रेम सुनार, गुल्मी २०७६ असार २२ । नयाँ पिढीमा धेरैले डाक्टर, ईञ्जिनियर बन्ने सपना साँच्छन र लाहुरे बन्न प्रयाले रुचाउँदैनन । तर, संस्थागत बिद्यालय तर्फ यसपालीको एसईई परिक्षामा गुल्मीबाट जिल्ला टप भएका एक विद्यार्थीले भने ब्रिटिश आर्मी बन्ने सपना साँचेर त्यसको तयारीका लागि पोखरा पुगेका छन ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको गण्डकी ईङ्गिलिश बोर्डिङ्ग स्कुलबाट एसपालीको एसईई परिक्षामा ३.९५ जिपीए सहित जिल्ला प्रथम हुन सफल हुने हेमन्त ज्ञवालीले ब्रिटिशको लाहुरे हुने सपना साँचेका हुन ।

‘मैले सानै देखि ब्रिटिश आर्मी हुने सपना साँचेरै गण्डकी बोर्डिङ्ग स्कुल पढ्दै आएको हुँ, मलाई डाक्टर ईञ्जिनियर भन्दा आर्मी जस्तो शाहसिक क्षेत्र मन पर्छ ’ –उनले भने ।
त्यसै विद्यालयबाट यसपाली छात्रा तर्फ जिल्ला प्रथम हुने भवानी आर्यालले भने डाक्टर बन्ने सपना बोकेर काठमाण्डौं आई पुगेको बताईन । छात्र ज्ञवालीले जति नै जिपीए लिएर छात्रा तर्फ जिल्ला प्रथम भएकी अर्यालले काठमाण्डौंको सेन्ट जेभियर्स कलेजमा पढ्ने धोको अनुरुप ईन्ट्रान्सको तयारी गरिरहेको बताईन ।

‘ मैले पढेको गण्डकी बोर्डिङ्ग स्कुलले एसईई सम्मको यात्रामा ल्यायो अब म मेरो डाक्टर बन्ने सपना सेन्ट जेभियर्स कलेज पुरा गर्ने छ भन्ने कुरामा आशावादी छु’ अर्यालले भनिन । ’ सोही विद्यालयबाट गत बर्ष साधरण मावि तर्फ जिल्ला प्रथम बन्न सफल हिमाल घिमिरे पनि डाक्टर बन्ने सोचका साथ काठमाण्डौकै केएमसीमा पुर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन ।

२०६० सालमा स्थानमा स्थापना भएको गण्डकी बोर्डिङ्ग स्कुलले २०७२ देखि लगातार कक्षा ८ र १० मा उत्कृष्ट नतिजा दिदै आई रहेको छ । पिन्सिपल श्रीराम महत भन्छन विद्यार्थीको रुची अनुसारको बातवरण बनाउँदै आएको बताउँछन ।

उनी भन्छन–‘ बिटिश आर्मी बन्न चाहने हेमन्त ज्ञवाली सुरु देखि नै फिजिकल एक्सरसाईज सहित खेलकुदलाई जोड दिन्थे, सोही अनुरुपको ईन्भारमेण्ट क्रियट गरेका थियौं उनको सपना पुराहोस् । ’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.