निसीखोला वडा नं ७ राजकुतमा सार्वजनिक सुनुवाई सम्पन्न !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ असार २२ । निसीखोला गाउँपालिका वडा नं.७ राजकुतमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाले आर्थिक बर्ष २०७५÷७६ मा गरेका निती कार्यक्रम सम्पादन र सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई गरीएको हो ।

वडा पालिकाको आयोजना सामुदायिक रेडियो ढोरपाटनको १०४.१ मेगाहर्जको सहजिकरणमा भएको कार्यक्रममा स्थानीय सहभागिले वडामा भइरहेका प्रभाबकारी कामहरुको बिषयमा जनप्रतिनिधीलाई धन्यबाद ज्ञापन गर्दे थप शैक्षिक क्षेत्रको विकास, सडक स्तरीकरण, महिला सशक्तिकरणका कार्यक्रमलाई अगाडी बढाउनु पर्ने, करको दायरा बढी भएका कारण गाउँपालिकामा संशोधन गर्न माग गनुपर्ने, वडामा हुने देवानी प्रकृतिका घटनालाई न्यायिक समिती र मेलमिलाप कर्ताले वडामै मिलाउने व्यवस्था हुनुपर्ने, लगाएतका बिषयमा सुझाब दिएका थिए् ।

त्यस्तै वडा अध्यक्षले वडामा रहेका जेष्ठ नागरीकलाई भत्ता वितरण प्रकृयामा बैँकका कर्मचारी आफनै खर्चमा गाउँमै पुर्याएर सहयोग गरेको भन्दै तारिफ समेत गरेका थिए । उता प्रयटीिय स्थल नर्सिङकोटको प्रचार प्रसार र व्यवस्थापनका निम्ती थप पहल गर्न आवस्यक रहेको बताउँदै वडा सदस्यहरुले समेत वडामा हुने सानातिना विकास निर्माण, जनश्रमदान जस्ता कार्यमा जनतासंग समन्वय गर्दे अगाडी बद्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागि मध्य प्रताप कुवँर, गणेश बहादुर कुवँर, रेशम पुन, प्रेमबहादुर कुवँर, दिपक कुवँर (दिपु), डेमलाल श्रेष्ठ, खुमान थापामगर, राम बहादुर कुवँर, राजेन्द्र श्रेष्ठ, चुडाबहादुर राना, लालविर लोप्चन, खिमबहादुर मल्ल, चन्द्रकुवंर पाण्डे लगाएतले आफनो धारणा राखेका थियो ।

कार्यक्रम वडा अध्यक्ष नहकुल कुवँरको अध्यक्षता, वडा सदस्य रुपेश श्रेष्ठ, टिका कु्मारी कुवँर, लाल बहादुर कुवँर, अमृता परियार, राजनैतिक दलको तर्फदेखि नेकपाका खुमान थापा, नेपाली काँग्रेसका दिपक कुवँर (दिपु) राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश बहादुर कुवँर, राष्ट्रिय प्रजातान्त्रिक पार्टीका वालाराम गुरुङ, विभिन्न विद्यालयका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, क्लब पदादिकारी लगाएतका आतिथ्यता रहेको कार्यक्रम छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.