मुसिकोटको गंगा प्राविको लागि १ लाख हस्तान्तरण : पूर्व प्रअ, चन्दादाता, जग्गादाता सम्मानित !

कौरव खत्री, गुल्मी २०७६ असार२० । गुल्मीको मुसिकोटको एक प्राविलाई एक लाखको चेक हस्तान्तरण गरिएको छ । मुसिकोट नगरपालिका वडा नं.२ रातचौर स्थित रहेको गंगा प्राथमिक विद्यालयमा शुक्रवार एक कार्यक्रमको अवसरमा मुसिकोट नगरपालिका २ रातचौर निवासी टिका बहादुर हुम कुमारी तथा खिम कुमारी फाउण्डेशनको नाबाट विद्यालयमा छात्रवृत्ति अक्षयकोषको लागि सोही फाउण्डेशनकी खिम कुमारी खत्रीले विद्यालयलाई चेक हस्तान्तरण गरेकी हुन ।

शुक्रवार आयोजित चन्दादाता, जग्गादाता तथा पूर्व प्रधानाध्यापक सम्मान कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत अम्मर केसीले नगरपालिकाभित्रका प्राथमिक विद्यालय मध्येमा गंगा प्रावि नमुना उन्मुख तर्फ अगाडी बढेको बताउदै विद्यालयले रचनात्मक कार्यको थालनी गरेकोमा धन्यवाद दिए ।

साथै अवसरमा मुसिकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष लक्ष्मण खत्री, नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महत,महिला बहुउश्यीय सहकारी संस्था लि.मुसिकोटकी संस्थापक अनिशा के.सी, विद्यालयका पूर्व प्रधानाध्यापक जनक बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै अवसरमा मुसिकोट नगरपालिका २ रातचौर निवासी जग्गादाता चुमानसिंह खत्री चन्दादाता सोही वडा बँगैचा चन्दादाता निवासी डिल कुमारी अधिकारी एवं मुसिकोट नगरपालिका २ रातचौर निवासी छात्रवृत्ति अक्षयकोषदाता श्रीमति खिम कुमारी खत्री, विद्यालयका पूर्व प्रधानाध्यापक जनक बहादुर खत्रीलाई मायाको चिनो करुवा सहित सम्मान पत्र दोसल्ला लगायतले सम्मान गरिएको थियो ।

साथै अवसरमा विशिष्ट अतिथि वडाअध्यक्ष लक्ष्मण खत्री, नेपाल रेडक्रस सोसाइटी मुसिकोट उपशाखाका सचिव मदनदिप घिमिरे,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महत,महिला बहुउश्यीय सहकारी संस्था मुसिकोटकी संस्थापक अनिशा के.सी, नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपाली, विद्यालयका प्रधानाध्यापक कौरव खत्री,शिक्षिका पार्वती खराल लगायतमा सम्मान गरिएको थियो ।अवसरमा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मान बहादुर खत्री र बिष्णु बहादुर खत्रीद्धारा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रमका वीच–वीचमा विद्यार्थीहरुद्धारा सांगीतिक प्रस्तुती राखिएको थियो । आजै विद्यालयका झरुवा बाल विकास केन्द्रमा अध्ययन गर्ने ८ जना विद्यार्थीहरु तथा गंगा प्राविका अध्ययन गर्ने २ जना विद्यार्थीहरुलाई विद्यालयले निःशुल्क रुपमा पोशाक वितरण गरिएको थियो । साथै अवसरमा महिला तथा अपाङ्ग छात्रवृत्ति समेत वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षाप्रमी, चन्दादाता तथा जग्गादाता विकासप्रमी लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा मदाने गाउपालिका ४ निवासी हाल बैदेशिक रोजगारीका लागी कतारमा रहेका लोकबहादुर केसीले रु ३५ हजार बराबरको एक कम्प्यूटर दिने घोषणा गरेका छन् ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर खत्रीको अध्यक्षता तथा विद्यालयकी शिक्षिका पार्वती खरालको स्वागत मन्तव्य सगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक कौरव खत्री गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.