पत्रकार महासंघका अध्यक्ष शिरीषलाई रेडियो बुर्तिबाङद्वारा स्वागत !

बुर्तिबाङ २०७३ चैत १८ । रेडियो बुर्तिबाङले स्वागत, सम्मान तथा छलफल कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघ बागलुङका नबनिर्वाचित अध्यक्ष दिल शिरीषलाई शुक्रबार खादा र अबिर लगाएर बधाई ज्ञापन गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष शिरीषले समाजको लागि आबश्यकता महसुस हुने खालका विषयबस्तु गठन गर्ने तर्फ पत्रकार तथा सञ्चारकर्मीको ध्यान जानुपर्नेमा जोड दिए । उनले खोजमुलक समाचार र कार्यक्रम उत्पादन तथा प्रकाशन प्रसारण कम हुने गरेको भन्दै आफ्ना कलम र आवाजलाई खोजमुलक विषयमा केन्द्रित गर्न पत्रकारहरुलाई आग्रह गरे । पत्रकार महासंघले जिल्लामा श्रमजीवी ऐन कार्यान्वयको स्थलगत अध्ययन, त्यसको कार्यान्वयन, पत्रकारहरुको क्षमता विकासमा लागी क्रियाशील रहेको उल्लेख गर्दे महासंघको भवन निर्माणको अभियान सुरु गरेकोले सहयोगको लागि आग्रह गरेका थिए ।

रेडियोका संरक्षक तुल्सिराम आर्यालले पत्रकारिता सम्मानित, संबेदनशिल र जोखिम मिश्रित पेशा भएको भन्दै समाजप्रतिको उत्तरदायित्व बुझेर व्यवसायिक पत्रकारीता गर्ने पत्रकारको भबिष्य उज्ज्वल रहेको बताएका थिए ।

कार्यक्रममा अर्का संरक्षक टंकप्रसाद पौडेल, प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेल, सल्लाहकार ओमकुमार नेपाली, समाजिक व्यक्तित्व ददिराम शर्मा र रेडियो साथी क्लवका सहसचिव कमला खनालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्लामा श्रमजिबि पत्रकार ऐन कार्यान्वयनको अबस्था, पश्चिम बागलुङमा पत्रकारीताको अभ्यास, महासंघले सुरु गरेको ‘हामी सबैको रहर पत्रकार महासंघको घर’ अभियान लगायत पत्रकारिता सँग सम्बन्धित समसायिक बिषयमा छलफल गरिएको थियो ।
रेडियोका प्रबन्ध सञ्चालक चन्द्र अर्यालले रेडियो बुर्तिबाङका सञ्चालक र सञ्चारकर्मी महासंघसँग सहकार्य तथा सहयोगका लागि सँधै प्रतिबद्ध रहेको बताए ।
कार्यक्रम प्रबन्ध सञ्चालक अर्यालको अध्यक्षता, कार्यक्रम संयोजक योगेन्द्र विश्वकर्माको स्वागत र स्टेशनम्यानेजर तथा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य कृष्ण कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *