दर्ता भएका र नभएका निजी वन धनीहरुवीच अन्तरक्रिया कर्याक्रम सम्पन्न !

मित्रलाल खरेल, बागलुङ २०७६ असार २० । डिभिजन वन कार्यालय बागलुङको आयोजनामा बागलुङ नगरपालिका १ रामरेखामा दर्ता भएका नभएका निजी वनधनीहरु संग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा निजी वन धनीहरु र वन डिभिजन कार्यालयका सरोकारवालाहरुबीच अन्तरक्रिया भएको थियो ।

सो अन्तरक्रियामा जिल्लामा दर्ता भएका निजी वन धनी ८ जना सहित दर्ता भैनसकेका निजी वन संचालक गरी ३० जनाको सहभागिता रहेको थियो ।

गोष्ठीमा डिभिजन बन कार्यालयका प्रमुख रोमराज लामिछानेले सहजीकरण गरेका थिए भने कार्यक्रम वन डिभिजन कार्यालयकी सीता शर्माले सन्चालन गरेकी थिईन् ।
अन्तक्र्रियामा निजी वन महासंघ बागलुङका अध्यक्ष हरिप्रसाद शर्माको मन्तव्य रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.