आफ्नो मुटु अरुको धड्कन नभएको जाती … !

राम प्रसाद शर्मा

आफ्नो मुटु अरुको धड्कन नभएको जाती।
एकोहोरो यादमा यो तड्पन नभएको जाती।।

हरेक मान्छे अचेल मौका हेरेर मात्रै बोल्ने गर्छ,
त्यसैले आँखा चिम्ली समर्पण नभएकै जाती।।

यो देखाउने दुनियाँमा सोझोलाई ठाउँ हुँदै हुदैन,
ढुक्कसँग आत्मा बिश्वास अर्पण नभएकै जाती।।

समयले धेरै सिकायो आफ्ना अनि पराईले पनि,
छलछाम बुझेपछि आकर्षकण नभएकै जाती।।

यो संसार सबै खोक्रो छ जति रंगिन देखाएपनी,
यथार्थ आफै बुझेपछी परावर्तन नभएकै जाती।।

आफ्नो मुटु अरुको धड्कन नभएकै जाती।।
त्यसैले आँखा चिम्ली समर्पण नभएकै जाती।।

*** *** ***

घाममा खोट देखिन्छ जुनमा खोट देखिन्छ।
अनि असली मान्ने त्यो सुनमा खोट देखिन्छ।।

शब्दहरुका हरेक भाव अर्थ गलत अर्थ्याईदा,
त्यसमा भरिने मीठो धुनमा खोट देखिन्छ।।

हरेक भित्र राम्रा नराम्रा आ आफ्नै गुण हुन्छ,
एकोहोरो बुझ्दा म अनि उनमा खोट देखिन्छ।।

एक बिथोल्ने शाखा पिरोल्नेको बिगबिगी छ,
कुरा काट्नेले भन्छन् खुनमा खोट देखिन्छ।।
***
राम प्रसाद शर्मा
बाग्लुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *