अपडेट : यसरी उत्तानो पल्टिएको थियो पेरिवाङमा दुर्घटना भएको जीप !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत १८ । हिँजो बिहीबार बागलुङ बजार देखी बरेङ जाँदै गरेको ध १ ज १३४ नं को पिक अप जिप दिउँसो करिव १ बजे पेरिबाङको ठाडो बाटोमा चिप्लिएर दुर्घटनामा परेको थियो । जीपमा सवार ६ जना यात्रुहरु मध्य बरेङ गाउपालिका वडा १ धुल्लुबाँस्कोट निवासी ४८ बर्षिय सेतु मियाको अबस्था गम्भीर रहेको प्रहरीले बताएको छ । हटियामा सामान्य उपचार पश्चात थप उपचारको लागी धौलागीरी अञ्चल अस्पताल बागलुङमा पठाईएको छ ।

त्यस्तै ३८ बर्षिया सलिम मियाँको टाउकोमा गम्भिर चोट लागेको भन्दै उनलाई पनि धौलागीरी अञ्चल अस्पतालमा रिफर गरीएको साथै अन्यको भने उपचार भैरहेको पोलीक्लिनकले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरुमा बरेङ गाउपालिका वडा न १ धुल्लुबाँस्कोटका ७२ बर्षिया नलिना खातुन, ३८ बर्षिया सलिम मिया, ३८ बर्षिया जमिला खातुन र २३ वर्षिया मञ्जीला खातुनको अबस्था सामान्य रहेको ट्राफिक प्रहरी हबल्दार महेन्द्र बहादुर खत्रीले जनाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *