ढोरपाटन नगरपालिकाव्दारा गाउँगाउँमा पुगेर अपाङगता भएका व्यक्तिहरुलाई परिचय–पत्र वितरण !

सुमन सुनार,बुर्तिबाङ २०७६ असार १८ । ढोरपाटन नगरपालिकाले गाउँ÷गाउँमा पुगेर अपाङगता भएका व्यक्तिहरुलाई परिचय–पत्र वितरण गरेको छ ।

जनताको घर दैलोमा सरकारी सेवा पु¥याउने मुख्य उद्धेश्य सहित नगरका नौ ओटै वडाका गाउँ÷गाउँमा पुगेर अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय–पत्र उपलब्ध गराइएको नगर उप–प्रमुख तथा अपाङगता परिचय–पत्र वितरण समन्वय समितिका संयोजक करमती पुनले जानकारी दिईन । नगरपालिकाले गत जेष्ठ महिनाको ३० गते देखि सुरु गरेको परिचय–पत्र वितरण कायक्रम हाल पनि जारी रहेको नगर उप–प्रमुख पुनले ईबागलुङलाई बताईन ।

गाउँ÷गाउँमा घुम्ती सिविर नै सञ्चालन गरेर परिचय–पत्र वितरण गरिएको र हाल सम्म नगर स्तरका १ सय २३ जना अपाङ्गता भएका नागरिकहरुलाई अपाङ्गता परिचय–पत्र वितरण गरिएको नगर कार्यपालिका कार्यालयकी प्रशासकीय अधिकृत विष्णुदेवी कँडेलले जानकारी दिईन । जस अन्तर्गत पुर्ण अशक्त २१ जना, अति अशक्त ४४ जना, मध्यम अशक्त ३१ जना र सामान्य अशक्त २७ जना रहेको उनको भनाई छ । अपाङ्गता वर्गीकरण अनुसार, पुर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो, मध्यम अशक्तलाई पहेँलो र सामान्य अशक्तलाई सेतो कार्ड उपलब्ध गराइएको अधिकृत कँडेलले बताईन । अति अशक्त हिडडुल गर्न नसक्ने व्यक्तिहरुलाई भने घरमै पुगेर परिचय–पत्र उपलब्ध गराइएको उनले जानकारी दिईन् ।

प्रशासकीय अधिकृत कँडेलको नेतृत्वमा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका चिकित्सकहरु, नगर कार्यपालिका कार्यालयका कर्मचारीहरुको टोलीद्धारा परिचय–पत्र वितरण गर्ने कार्य भईरहेको छ ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको परिचय–पत्र वितरण कार्यविधी बनाएर परिचय–पत्र वितरण गरिरहेको छ । वडा कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको सिफारिस, अपांगता भएका व्यक्तिको नागरिकता वा जन्मदर्ताको आधारमा परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । ढोरपाटन नगरपालिकामा हाल सम्म क वर्गका ४५ जना र ख वर्गका ७० जना गरी १ सय ५ जना अपाङ्गता भएका नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । राज्यले क वर्ग र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय–पत्रका आधारमा चौमासिक रुपमा ८ हजार र २४ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.