बुर्तिबाङमा शुक्रबार देखि दुई दिने बिशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर सुरु !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ चैत १८ । ढोरपाटन नगरपालिकाको केन्द्र बुुर्तिवाङ बजारमा स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रवार देखि दुई दिने जनरल फिजिसियन र गाईनोलोजिस्टका बिरामीहरुका लागि बिशेषज्ञ निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

पश्चिमाञ्चल स्वास्थ्य निर्दशनालय पोखराको आयोजनामा नेपाल सरकारको आर्थिक लगानी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्थानीय समन्वयमा महिलाहरुको लागि हुने समस्या महिनावारी गडबडी, पाठेघरको समस्या, तल्लो पेट दुख्ने समस्या र फिजिसियन तर्फ पेट, छाती मुटु , टाउको दुखाई जस्ता समस्याको चेक जाँच एवम औधधिको माध्यमव्दारा उपचार हुने भएको छ ।

बिहान ९ बजेदेखि सुरु भएको शिविरमा १५्र सय देखि २ हजार सम्म बिरामीको चेकजाँच तथा उपचार गरीने पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय पोखराका क्षेत्रिय निर्दशक डा तारानाथ पौडेलले बताए ।

शिविरमा पाठेघरको अप्रेशन भने नहुने भएको छ । महिलाको पठेघरको अप्रेशन गर्नुपर्ने भएमा म्याग्दिको वेनी अस्पत्तालमा १७ गते देखि २३ गते सम्म सञ्चालन भईरहेको शिविरमा लगेर अप्रेशन हुने डा पौडेलले बताए ।

गाईनोलोजिस्ट तर्फ गण्डिकी मेडिकल कलेजका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा जस्मा मल्ली तथा फिजिसियन तर्फ पश्चिमाञ्चल क्षेत्रिय अञ्चल अस्पतालका डा बुद्धि लामिछानेव्दारा चेकजाँच हुने भएको छ । शिविरका लागि १५ जना चिकित्सक र बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।

त्यस्तै धौलागिरी अञ्चल अस्पताल बागल्ुङका मेडिकल सुपरीटेण्डन्ट सागर राजभण्डारी पश्चिमाञ्चल स्वास्थ्य निर्दशनालय पोखराका प्रशाषक सहायक जगत बन्दु पौडेलल लगाएतको सहभागिता रहेको छ । शिविरलाई सफल पार्न सबै स्थानीय तयारी तिब्र पारीएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र ब्यबस्थापन समिती अध्यक्ष मेषलाल शर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *