नसर्ने रोगको जोखिम न्यूनीकरणका निम्ति स्वास्थ्य कार्यालयद्वारा अभियान संचालन !

बागलुङ २०७६ असार १८ । पछिल्लो समयमा नसर्ने रोगको जोखिम बढदै गएको हुँदा यसको न्युनिकरणका निम्ती स्वास्थ्य कार्यालय बागलुङले अभियान नै संचालन गरेको छ ।

जिल्लाका विभिन्न स्थानिय तह र हरेक गाउँ टोल सम्म नसर्ने रोगहरुबाट कसरी जोगिने भन्ने बारे विभिन्न स्वास्थ्य शिक्षाका कार्यक्रमहरु संचालन गरी यसको विरुद्ध अभियान नै संचालन गरिएको हो ।

अभियानलाई अझै प्रभावकारी बनाउनका लागि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुका लागि बुधबार देखी नसर्ने रोग सम्बन्धी तालिम संचालन गरिएको छ ।

तालिमको उदघाट्न कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङ उपप्रमुख विष्णु भुषालले पछिल्लो समयमा नसर्ने रोगहरुले सरुवा रोगको तुलनामा ६० प्रतिशत मानिसको ज्यान लिन थालेपछि दैनिक जिवन शैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले हरेक नागरिकको जिवन बचाउने र अध्यारोमा उज्याले बत्ती बाल्ने काम स्वास्थ्यकर्मीहरुको हुने हुँदा यस अभियानलाई सफल पार्न आग्रह गरेका थिए ।

भुषालले समृद्ध गाउँ नगरपालिका र जिल्ला बनाउनका लागि पहिले स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन जरुर रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक खिम बहादुर खड्काले नसर्ने रोगविरुद्ध गाउँगाउँ र टोलटोलमा जनचेतना फैलाउन स्वास्थ्यकर्मिहरुलाई आग्रह गरे । उनले पछिल्लो समयमा नसर्ने रोगहरुबाट बच्नका निम्ती खानपान र आहार व्यवहारमा परिवर्तन गर्न जरुर रहेको बताए । यसका लागि मदिरापान नगर्ने, शारीरिक रुपमा सक्रिय रहने, नुन र चिनीको प्रयोग कम गर्ने, सुर्तिजन्य पदार्थको सेवन नगर्ने र फलफूल र सागसब्जी प्रसस्त खानुपर्नेमा जोड दिनुपर्ने बताए ।

पछिल्लो समयमा नसर्ने रोगहरु जस्तै मुटुरोगका कारण मृत्यु हुनको संख्या ३० प्रतिशत, श्वास प्रश्वास सम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत र अन्य विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको संख्या करिब १३ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मानिसले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सकेमा नसर्ने रोगको संक्रमणबाट टाढै रहन सकिने स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।

नसर्ने रोगबाट बच्नका लागि जीवनशैलीमा परिवर्तन, मोटोपना घटाउने, नियमित शारीरिक व्यायम गर्ने तथा चिल्लो पदार्थको आवश्यक मात्रामा प्रयोगका साथै मदिरा तथा सुर्तीजन्य पदार्थहरुको सेवन नगरेमा यसको जोखिमलाई हटाउने तिवारीले बताए ।

यसका लागि नियमित रुपमा रक्तचाप परीक्षण गर्नुका साथै पूरा शरीरको जाँच गराउनुपर्दछ । नसर्ने रोगको जोखिम न्युनिकरणक निम्ती स्थानिय तहरुले पनि फरक शैलिका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको तालिममा सहभागिले बताएका छन । तलिमको उद्देश्यका बारेमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. मिलन मल्लले जानकारी गराएका थिए । तालिममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ६० जना स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको छ ।

तालिमको सहजीकरण रोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.अनिल केसी गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुजु जम्मरकट्ेल, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. मिलन मल्ल, डा. कृष्णहरी श्रेष्ठ, र कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. राजु भट्टराईले गर्ने स्वास्थ्इ कार्यालय बागलुङका हेअ चुडामणी कंडेलले बताए ।

तालिम उदघाट्न सत्र स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीको अध्यक्षता, पब्लिक हेल्थ नर्स हरिकाशि पालिखेको स्वागत र तथ्याङ्क सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो । तालिम चार दिन सम्म संचालन हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.