सवारी चेकजाँच गरी रकम असुल्ने दुईजना नक्कली प्रहरी पक्राउ !

बागलुङ २०७६ असार १८ । बागलुङ नगरपालिका-६ मसरा स्थित सडकमा गुड्ने सवारी साधनहरुलाई चेकजाँच गर्दै रकम असुली रहेका दुईजना नक्कली प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएर कार्बाही अघि बढाएको छ ।

नक्कली प्रहरी बनेर सवारी साधनहरु चेकजाँच गरी रकम असुलीरहेको स्थानीयले प्रहरी कार्यालयमा जानकारी गराए लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटि गएको टोलीले नक्कली प्रहरीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ‘हामी सिभिलमा काम गर्ने नेपाल प्रहरी हौँ, भन्दै उक्त सडकमा चल्ने सवारी साधनहरु चेकजाँच गर्दै रकम असुली रहेको अवस्थामा प्रहरीले असार १७ गते उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रकाशित विज्ञप्ती अनुसार बागलुङ जिल्ला ताराखोला ३ घर बताउने वर्ष २४ को अम्मर खत्री तथा बागलुङ नगरपालिका ३ बस्ने वष २१ को रुपेश रुचाललाई कानून बमोजिम पक्राउ गरी थप अनुसन्धान भैरहको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.