काठको मुडाले लागेर बडीगाड-६ चिच्चौरमा १७ बर्षिया किशोरीको मृत्यु !

राम प्रसाद घिमिरे, बुर्तिबाङ २०७६, असार १८ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा न। ६, चिच्चौरमा भरीबाट काठको मुडा पल्टाउँदा मुडाले लागेर खरबारीमा बाख्राचराउन गएकी १७ बर्षिया सुमना थापाको घटनास्थलमै मृत्यु भएको छ । हिजो असार १७ गते खरवारी माथिको जङ्गलमा काठकाटी तल पल्टाउने क्रममा दिउँसो करिब ३.३० बजे किशोरीलाई लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादवले ईबागलुङलाई बताए ।

बडीगाड-६ निवासी बर्ष २८ का मोहलाल पुन, बडीगाड-६ का बर्ष २१ का सुमन केसी,बडीगाड-७ का बर्ष ३२ का तिलक गुरुङ र बडीगाड-९ का बर्ष २६ का नर बहादुर माकिमले काठ काटी पल्टाउने क्रममा सोही मुडाले लागेर किशोरीको ज्यान गएको घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला सदरमुकाम बागलुङ पठईएको छ भने शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरि परिवारलाई बुझाईएको र पोस्टमार्टम रिपोर्ट आउनासाथ थप अनुसन्धान गरिने प्रहरी निरिक्षक यादबले बताए ।

भीरमा कामगर्दा साबधानी नअपनाई तलको बस्तीलाई कुनै खवर नगरि काठ पल्ट्याउने दोषिलाई कडा कारबाहि सहित पीडित परिवारलाई उचित न्याय हुनुपर्ने मृतकका आफन्त खिम बहादुर रोकाले बताएका छन् । खाना खाएर खरवारीमा बाख्रा चराउन गएकी किशोरीको एक्कासी मृत्युको खवरले परिवार र आफन्त भावबिव्हल भएका छन । भौगिलिक बिकटतामा बढी साबधानी अपनाउनु पर्नेमा कुनै सुचना बिना कामगर्दा घटेको यो घटनाले सबै सचेत हुनुपर्ने देखिएको छ भने यो घटनाको सत्य तथ्य पत्तालगाई पीडितलाई उचित न्याय र दोषिलाई आबश्यक कारबाही हुनुपर्ने सरोकारवालाको माग रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.