दुर्गम रणसिँहकिटेनीमा स्थानीयको सक्रियतामा मोटरबाटो निर्माण !
टुनीबोट-पदमभीर खण्ड मोटरबाटो उद्घाटन : गाउँमा मोटर आएपछी स्थानीयबासीमा खुशियाली !

नवीन श्रीस, बडीगाड २०७६ असार १८ । बडीगाड गाउपालिका ८ रणसिह किटेनी, सोहि वडाको पदमभीर पुरानोगाउँ दोभानखोला हुँदै गल्कोट नगरपालिकाको रमुवा पाण्डवखानी र बडीगाड गाउपालिका ७ भिङगिठे टुनिवोट जोड्ने मोटरबाटोको टुनिबोट पदमभीर खण्डको कार्यक्रमका प्रमुख अतिथी सुवेदार चन्द्रलाल पुनले मैन बत्ती प्रज्वलन गरि हिँजो असार १७ गते उद्घाटन गरेको छन । सो खण्डको मोटरबाटो उद्घाटन कार्यक्रममा मोटरबाटोले गाउँलाई छोएको खुसियालीमा स्थानियले उत्सवको रुपमा मनाएका छन् ।

उक्त कार्यक्रम मोटरबाटो निर्माण समितिका अध्यक्ष जित बहादुर घर्तीको अध्यक्षता, मोटरबाटो अनुगमन तथा आर्थिक सङ्कलन संयोजक सुबेदार चन्द्रलाल पुनको प्रमुख आतिथ्यता, उद्घाटन कार्यक्रममा स्थानीय एवम समाजसेवी सुबेदार सर्वजित श्रीस, उपभोक्ता समिति, अनुगमन तथा आर्थिक सङ्कलन समितिका सम्पुर्ण पदाधिकारीहरु, विधालयका शिक्षक, पत्रकार तथा स्थानिय समाजसेवी एवम बुद्धिजीवीहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रम उपभोक्ता समितिकी सदस्य कमला रानाको स्वागत मन्तव्य, स्थानिय आमा समुहबाट स्वागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मोटरबाटो टुनिबोट देखि पदमभिर सम्म ल्याउदा आम्दानी खर्च विवरण समिति कोषाध्यक्षको तर्फबाट किटेनी माविका प्रअ ईमानसिह श्रीस थापाले प्रस्तुत गरेका थिए । कुल आमदानी ३६ लाख ३२ हजार ७ सय १६ रुपैया मध्ये १० लाख गाउपालिकाबाट र ३ लाख ५० हजार हाइड्रोपावरबाट बाँकी सबै स्थानिय क्लव, संघ, सस्था, आमा समूह सामुदायिक वन वैदेशिक रोजगारीमा रहेका तथा स्थानिय जनताबाट गच्छे अनुसारको रकम उठाई जुटाईएको थियो । खर्चतर्फ विभिन्न शिर्षकमा ३६ लाख ३५ हजार ४ सय ३० रहेको विवरण पेस गर्नुभएको थियो । विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राख्ने क्रममा वाटो पदमभिर ल्याउदा विभिन्न आरोह अवरोहको वारेमा जानकारी गराएका थिए ।

बक्ताहरुले जनताहरू एकजुट भएर लाग्ने हो भने विकास टाढा नरहेको स्थानीय जनताले उदाहरणीय कार्य गरेको र यो मोटरबाटो रातो बुकमा परेको भन्दै गाउपालिकाले वजेट विनियोजन नगर्नु मोटरबाटोको लागि छुट्याइएको बजेट नाका नै खोली नसक्दै सुरुबाटनै स्तर उन्नति गर्न लाग्नु र गाउपालिकाले वडा कार्यलयसम्म स्थानियलाई असहज तथा अपाएक पर्ने गरि ट्रयाक खोलेकोले स्थानिय जनताबाट रकम उठाइ खन्न परेको वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा प्घ कन्ट्रक्सनका सचालक, डोजर अपरेटर, सह अपरेटर तथा गाडी चालकहरुलाई फुल माला अविर तथा खादाले सम्मान गरिएको थियो । त्यस्तै पुरानो गाउँ दोभानखोला मोटरबाटो खन्नको लागि आर्थिक सङ्कलन भैईरहेको हुदा यस महान कार्यमा यस्तै हातेमालो गर्नको लागि समितिका अध्यक्षले आग्रह गरेका थिए ।

कार्यक्रमका अतिथी एवम गाडीहरुलाई स्थानिय नौमति बाजा र आमा समुहबाट स्वागत गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन नविन श्रीस मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.