रामपत्री टोल सुधार समितिको आय ब्यय सार्वजनिक !

ताराखोला, २०७६ असार १८ । ताराखोला गाउँपालिका वडा नं ३ को काँक्राखोर रामपत्री टोल सुधार समितिको आयोजनामा २०७५ साल जेठ १८ गते देखि २०७६ असार १७ गतेसम्मको आय ब्यय सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काँक्राखोर रामपत्री टोल सुधार समितिका अध्यक्ष कर्णबहादुर भण्डारीले आम्दानी तर्फ १ लाख २६ हजार ५६० खर्च तर्फ १ लाख ३० हजार ५०० रुपैयाँको आय ब्यय सार्वजनिक गरेका थिए । कार्यक्रममा काँक्राखोर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर लामिछाने, लिल बहादुर बिक, नबिन लामिछाने लगायतले मन्तव्य मन्तव्य राखेका थिए ।

कार्यक्रम ताराखोला गाउँपालिकाकी कार्यापालिका सदस्य एवम् वार्ड नं 3 कि महिला सदस्य तेजुमाया भण्डारीको अध्यक्षता र पत्रकार मन्दिप निउरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.