छोरी जन्मिएपछी हत्या गरी बाँसघारीमा गाड्ने आमा पक्राउ !

भक्तपुर, २०७३ चैत १८ । आफैले जन्माएको बच्ची मारेको अभियोगमा भक्तपुरको चाँगुनारयण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार विहानदेखि प्रसव व्यथा लागेकोले तामाङको श्रीमान मेघ बहादुर तामाङ गाउँमा गई पैसा खोजेर आई जिल्ला अस्पताल ल्याउँदा डाक्टरले बच्चाको जन्म बाहिर भइसकेको भनी बताएको र आमाको साथमा बच्चा नभएपछि प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले साहिली तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालिकाको जन्म भए पश्चात हत्या गरी डेरा कोठा नजिक बाँसघारीमा लगेर गाडेको भनी बताएकी थिइन् । प्रहरीले उनको बताएको स्थानबाट बालिकाको शव गाडेको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.