साताको तस्वीर : गल्कोटमा ‘ शिलान्यास महायज्ञ !’

शव्द/चित्र : कौरब खत्री,

गल्कोट २०७६ असार १७ । बागलुङ जिल्लाको गल्कोट नगरपालिका ३ हटिया बजारमा बिक्रम सम्वत २००५ सालमा स्थापना भएको गल्कोट माध्यमिक विद्यालयको निर्माणाधीन १६ कोठे भवनको असार १६ गते धार्मिक विधिपूर्वक सामुहिकरुपमा शिलान्यास कार्य सुसम्पन्न भएको छ । गल्कोट क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको गल्कोट हटिया स्थित गल्कोट माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास समारोह धार्मिक महायज्ञ भन्दा कम थिएन ।

शिलान्यास समारोहमा गल्कोट माध्यमिक बिद्यालयका संस्थापक, चन्दादाता, जग्गादाता, स्थापनाकालमा उल्लेखनीय भूमिका निर्वाहगर्ने शिक्षा प्रेमी, समाजसेवी लगायत विद्यालयको उत्तरोत्तर प्रगतिकालागी अमुल्य योगदान दिँदै आएका सामाजिक सेवामा क्रियाशील व्यक्तित्वहरु एवं उनका परिवारका सदस्यहरुबाट सामुहिक (संयुक्तरुपमा) शिलान्यास कार्यक्रमको आयोजना गरिनु आफैमा प्रशंसनीय कार्य त थियो नै कार्यक्रममा सहभागीहरुले देखाएको सक्रिय एवं व्यापक सहभागिताले शैक्षिक उन्नयनको लागी महायज्ञको प्रत्याभूति दिईरहेको थियो ।

शिलान्यास कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक स्व डा. राजमानसिंह शाक्यकी धर्मपत्नी याचुकुमारी शाक्य तथा उनका सुपुत्र एनआईडिसीका पूर्व जिएम तथा आरएनएसीका पूर्व अध्यक्ष डा.बालकृष्णमान सिंह शाक्य, संस्थापक सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलराज शर्मा, जग्गादाता दुर्गा प्रसाद श्रेष्ठ ,बद्री कुमार श्रेष्ठ, पुर्ण कुमारी शेरचन, जंग बहादुर श्रेष्ठ/बिजु कुमारी श्रेष्ठ, विद्यालयका पूर्व प्रध्यानाध्यपक मोहनचन्द राजन जग्गादाता कर्ण बहादुर भण्डारी, संस्थापक तुल्सी प्रसाद श्रेष्ठ, नर बहादुर खत्री जगत बहादुर खत्री टंक भण्डारी, नर बहादुर भण्डारी र वयोवृद्ध बम बहादुर बस्नेत लगायतलाई विद्यालयद्धारा फुलमाला र दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

स्मरणीय के छ भने, गल्कोट हटिया रजराको एक ठाँटीमा समाजसेवी तथा शिक्षाप्रेमीहरुको सक्रियतामा पठनपाठन सुरु गरिएको हालको गल्कोट नमुना माध्यमिक विद्यालयमा विज्ञान संकाय कक्षा ११ र १२ को पठनपाठन सुरु गरी २०७० सालबाट प्राविधिक धारमा बाली विज्ञान र कृषि शिक्षा सुरु गरिएको छ ।

२००८ सालमा संस्थापक गणेश कुमार श्रेष्ठ, श्याम प्रसाद शेरचन र डाक्टर राजमानसिंह श्रेष्ठको सक्रियतामा गौमुखी प्राथमिक विद्यालय बनेको थियो । २०१७ सालमा गौमुखी मिडिल स्कुल हुदै २०२६ सालमा गलकोट माध्यमिक विद्यालय नामाकरण गरिएको विद्यालय श्रोतले जनाएको छ ।

२०७४ सालको नमुना विद्यालय निर्देशिका अन्तर्गत देशभरका २ सय ४० वटा विद्यालय मध्येबाट छनोटमा पर्न सफल गल्कोट नमुना माध्यमिक विद्यालयलाई रु ८६ करोड बजेट विनियोेजन भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *