वर्तमान सरकारको काम बाट जनता आजित – रत्ना शेरचन

बागलुङ, २०७६ असार १७ । नेपाल टेड युनियन काँग्रेस जिल्ला कार्य समिति बागलुङको छैठौं जिल्ला अधिवेशन पश्चातको प्रथम जिल्ला परिषको उदघाट्न गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले वर्तमान सरकारको काम बाट जनता आजित भएको बताईन् । केपी ओलीको सर्वसत्ताबाद स्थानिय तह सम्म पुगेको हुँदा जताहरु दिनप्रतिदिन आजित बन्दै गएको उनको भनाई थियो ।

मुलुकको समृद्धिका लागि कम्युनिष्ट सरकारले मात्र पार लगाउन नसक्ने स्पष्ट पार्दै नेतृ शेरचनले भनिन्, काँग्रेसले हरेक आन्दोलनको नेतृत्व गरेको छ, ‘देशमा समृद्धि ल्याउने कम्युनिष्टका नारामात्रै हुन यसमा हाम्रो साथ विना उनिहरु केही गर्न सक्दैनन ।’ उनले गुठी विधेयकको आन्दोलनले सरकार दुईपाईला पछाडी धकेलिएको बताईन ।

शेरचनले काँग्रेसले संचालन गरेको पहिलो चरणको जागरण अभियानले कार्यकर्ता समक्ष सकरात्मक सन्देश पु¥याएको बताउदै टे«ड युनियन काँग्रेस सधै श्रमिकको श्रमिकको मनोबल बढाउने क्षेत्रमा काम गरेको बताईन ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले पुर्व पाटी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, राष्ट्रिय समिति सदस्य दुर्गादत्त आचार्य, महिला समिति उपाध्यक्ष शकुन्तला शर्मा, नेपाल कारखान श्रमिक संघका केन्द्रिय उपमहासचिव केशव भट्टराई, गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारी, पर्वतका जिल्ला अध्यक्ष सुरेन्द्र केसी, म्याग्दीका अध्यक्ष कमल प्रसाद उपाध्यय नेपाल शिक्षक संघका अध्यक्ष उमकान्त शर्मा पौडेल, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला परिषदमा समितिका सचिव कुमार प्रसाद उपाध्यायले सांगठनिक प्रतिवेदन र सह कोषाध्यक्ष ईन्दु केसी आचार्यले आर्थिक प्रतिवेदन प्रस्ततु गरेका थिए । परिषदले सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

जिल्ला परिषदले महिला समिति र युवा समितिलाई पुर्णता दिएको छ । महिला समितिमा अध्यक्षमा भगवती केसी जिल्ला अधिवेशनबाट नै निर्वाचित हुनुभएको थियो भने उपाध्यक्षमा हुमादेवी केसी, सचिवमा माधवी शर्मा र कोषाध्यक्ष विना शर्मालाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा शोभाकुमारी शर्मा, तारा विष्ट, कमला रेग्मी, मसिना किसान, गितादेवी शर्मा रहेका छन ।

त्यस्तै युवा समितिको अध्यक्षमा भिम सापकोटा अधिवेशन मार्फत नै निर्वाचित हुनुभएको थियो । समितिको उपाध्यक्षमा राजिव थापा, सचिव नवराज परियार, कोषाध्यक्ष अर्जुन कंडेललाई चयन गरेको छ भने, सदस्यहरुमा शुशिल पौडेल, हेम शर्मा, गिता विक तमु श्रीष, र गंगाबहादुर थापा रहेका छन ।

कार्यक्रम ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेलको अध्यक्षता, उपाध्यक्ष सिता सापकोटाको स्वागत र सचिव कुमार प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *