प्रथम नगरस्तरीय राष्ट्रपति रनिंगशील्ड प्रतियोगिताका विजेता खेलाडी सम्मानित !

मनु सुनार, गुल्मी २०७६ असार १६ । नगरस्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७६ विजेता बन्न सफल महेन्द्र नमुना माध्यमिक बिद्यालय तम्घास गुल्मीले आइतबार बिद्यालयका खेलाडीहरुलाई सम्मान् कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरामणि पन्थीको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं १ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवशरमा बिजेता बन्न सफल बिद्यालयका बिद्यार्थीहरुको हौसलाका लागि वडाअध्यक्ष पाण्डेयले रु ५ हजार नगद प्रदान समेत गरेका थिए । उनले खेलकुद क्षेत्रबाट पनि बिद्यालयको गरिमा बढाउन सफल भएको भन्दै बिद्यार्थीहरुलाई धन्यावाद् ज्ञापन गरे भने खेल शिक्षक व्दय जङ्ग बहादुर र गिरी प्रसाद खनाललाई सम्मान् गरिएको बिद्यालयका लेखापाल शालिक पन्थीले जानकारी दिए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारी लगायतको पनि आतिथ्यता रहेको थियो ।

बिद्यालयका निमित्त प्रधानाध्यापक युवराज ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव घिमिरेले गरेका थिए । सोही अवशरमा एसइई परिक्षा २०७५ मा सहभागी भई विभिन्न ग्रेडमा उत्तिर्ण सम्पुर्ण बिद्यार्थीहरुलाई पनि सम्मान् गरिएको थियो ।

एसइइ परिक्षा २०७५ मा उक्त बिद्यालयबाट सहभागी ८९ जना बिद्यार्थीमध्ये,१७ जना ३.६ जिपिए भन्दा माथि ल्याउन सफल भएका तथा अन्य विभिन्न उत्कृष्ट ग्रेडमा उत्र्तिण बिद्यार्थीहरुलाई सफल शैक्षिक सफलताको कामना गदै सम्मान् गरिएको बिद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.