सकरात्मक सोच तथा पत्रकारिता उद्यमशिलता विकास र विपद ब्यबस्थापन संबन्धि तालिम सम्पन्न !

भरत सापकोटा बागलुङ २०७६ असार १६ । सि वाई सि नेपाल बाग्लुङले राष्ट्रिय युवा परिषद सानो ठिमीको सहयोगमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सकरात्मक सोच पत्रकारिता उद्यमशिलता र विपद ब्यस्थापन युवाहरुको सहभागिता गराउने उदेश्यले सिवाईसि र नेपाल सिवाईसि लधुबित्त कार्यक्रम अन्तर्गत तिन सेवाकेन्द्र बाट ३ जना सेयर सदस्यहरु सहभागि बनाई समाजका हरेक क्षत्रका युवाहरुको क्षमतामा विकाश गर्ने उद्धेश्यले आयोजना गरिएको सिवाईसि नेपालका अध्यक्ष चण्डि प्रसाद शर्माले जानकारी दिए।

सो कार्यक्रम बोल्दै सिवाईसि नेपालका सल्लाहाकार एवं समरोहका प्रमुथ अतिथि जगन्नाथ आचार्यले यस संस्थाले आयोजना गरेको कार्यक्रमले युवाहरुको चेतनाको स्तर बृद्धि गराउन सफल हुने र यस्ले समाज रहेका बिकृतिहरु अन्ते गर्ने विश्वास लिएको बताए। उनले भने युवाहरु मा सकरात्म सोचको विकाश हुने र युवाहरु उद्यमि हुन समेत यो तालिमले प्रेरणा प्रदान गर्ने र यस्ले देश समृद्धिको गतिमा ईट्टा थप्ने बताए।

सो कार्यक्रममा परिक्षण गर्दै सामाजिक अभियनता हिम्मत सिंह लेकालीले युवाहरुमा सकरात्मक सोचको विकाश गर्दै बैदेशिक रोजगारिका रोक्न र आफ्नै देश र आफ्नै माटो मा गर्न सके सुन फल्ने तर हामीले अर्को देश मा मेहेनत र पसिना बगाउन सक्ने तर आफ्नो देशमा सिन्को भाच्न नसक्नाले आज लाखौ युवा बिदेशिन बाध्य भएकाले स्वयम ब्यक्ति नै पहिला सकरात्मक सोच लिएर अघि बढ्न सके देश परिवर्त हुन बेरै नलाग्ने बताए। उनले युवाहरु कुलत दुरब्यसनि फस्ने प्रवृति बढिरहेको गाउँसमाज मा कुनै विपद पर्दा समेत युवाहरु रमिते बन्ने गरेको यथार्थ लाई बृतचित्र मार्फ प्रस्तुत गर्दै समाज परिवर्तन मा महत्व पुर्ण भुमिका खेल्ने तेहि कुलत कै कारण अस्ताउन लागेको छ।उनिहरु को सोचाई लाई सकरात्मक बनाउन सके गाउँसमाज को परिवर्तन गर्न गाउँ मै उद्यमि बन्न सकिने र त्यस्मा दृढ ईच्छ्या शक्ति आफुँ मै हुने पर्ने जिकिर समेत गरे ।

३१ जना सहभागि रहेको सो कार्यक्रममा पत्रकारहरु राम थापा, प्रकाश बराल जिल्ला प्रहरा कार्यलयकी प्रसनी अनु राई ,रेडक्रश सभापति जब्बर बहादुर लामिछाने , शिक्षा युवा तथा खेलकुद परिषद बाग्लुङ लगाएतले कार्यक्रममा प्रशिक्षण गरेका थिए।

सिवाईसि नेपालकी सचिव सिता शर्मा सन्चालन रहेको कार्यक्रमको स्वागत संगिता शर्मा पौड्याल रहेको थियो ।यसै संस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा सभापत्तित्व मा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.