मात्र पर्यटक कि स्तरीय पर्यटक ?

भानु रोशन राजभण्डारी

पोखराको प्रमुख पर्यटकिय क्षेत्र लेक साइडमा विहानको समयमा एउटा चिया खाजा पसलमा चिया पिइरहेको थिए“ । एक जोडी विदेशी पर्यटक आए, चाउमिनको मूल्य सोधे । प्लेटको एक सय रुपैया रहेछ, एक सयको दरले जम्मा दुई सय रुपैया“ हुने भयो दुई प्लेटको । मोलतोल गरे साहुजीले मूल्य घटाएनन् उनीहरु फर्के । केही समय पछि वरपरका अरु पसलहरुमा उनीहरु बुझ्न सम्म बुझेर फेरी फर्केर आए दुई प्लेट चाउमिन अर्डर गरे दुई सय रुपैया तिरेर गए । मलाई असहज लाग्यो । एक जनालाई भरपुर पुग्ने चाउमिनको प्लेटको एक सय रुपैयाको लागी पनि लेकसाइडमा चर्कै मोलमलाई हु“दो रहेछ ।

केही बर्ष अगाडी पोखरा नजिकैको धम्पुस गएको थिए“ । साथीहरुको सानो झुण्ड थियो । एउटा राम्रो टुरिष्ट स्टाण्डर्डको होटलमा बसाई भयो । खाना, बसाई, मनोरञ्जनको ब्यवस्था सवै राम्रो थियो । फर्कने बेलामा विल तिर्दा मैले साहुनी आमालाई सोधें – टुरिष्टले त राम्रै खर्च होला नी ? उहा“ले भन्नु भयो कहा“को खर्च गर्नु बावु एउटा कोक मगाउ“छ कुर्सी हिमाल तिर फर्काएर बस्छ वन्डरफुल वन्डरफुल भन्छ त्यत्ति हो । खान त प¥यो नी ? झोलामा के के पोको पारेर ल्याएको हुन्छ त्यहि खान्छ । बस्न नी ? धेरै मोलमलाई गर्छ सस्तोमा कोठा खोज्छ ।

कतिपय पर्यटकिय क्षेत्रका अलि अपट्यारिला र अनौठा ब्यवहार ब्यापारीहरुले भोग्दै आएका रहेछन् । पोखरा लेकसाइडका कतिपय डिपार्टमेण्टल स्टोरहरुमा कतिपय विदेशी पर्यटकहरुले वास्केट वा ट्रलीमा सामान भरेर काउण्टरमा ल्याएपछि ठूलो मात्रामा डिस्काउण्ट माग्ने गर्दा रहेछन् । अनि भने जस्तो नभए सामान अलपत्र छोडेर जाने गर्दा रहेछन् । पहिला छुट हुने नहुने भनेर केही नसोध्ने पछि छनौट गरेर लिएको सामान अलपत्र छोडेर हिंड्ने त्यहा“को पुरानै प्रवृतिमा पर्ने रहेछ । त्यसमा पनि यि यि देशका पर्यटक भनेर ब्यापारीले कितेरै भन्दा रहेछन् । ब्यापारीलाई ति सामानहरुलाई पहिलेकै ठाउ“मा मिलाएर राख्न हैरानी मात्र हुने गरेको रहेछ ।

पोखराका साथै लुम्विनी भ्रमणमा आउने कतिपय भारतिय पर्यटकहरुले बस नै रिजर्व गरेर आउने गर्दा रहेछन् । जसमा ग्यास सिलिण्डर, चुल्हो, पकाउने भा“डावर्तन तथा खाद्यान्नका साथै कुक हेल्पर पनि साथमै ल्याउने गर्दछन् । घुम्नु पर्ने जति घुम्ने, अनि पानी भएको खुला ठाउ“मा गाडी पार्कि¨ गर्ने, पकाउने खाने, जाने गर्दा रहेछन् ।

नेपाल आउने बाह्य पर्यटकहरु मध्यको एक अंश हो यो । अहिले सरकार र निजि क्षेत्र दुवैले पर्यटनमा निकै जोड बल गरेको देखिन्छ । सरकारले यस बर्ष चार लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । तथापि सरकारी तवरबाट पर्यटकको कुनै स्तर निर्धारण गरिएको छैन । एक दिनमा कति खर्च गर्नु पर्ने हो ? यसको कुनै निर्धारण छैन । जवकि भुटान, माल्दीभ्स जस्ता देशमा जाने पर्यटकले दिनको दुईसय डलर खर्चिनु पर्ने हुन्छ । हामी नेपालीले कतै युरोप अमेरिका जानु प¥यो भने पर्याप्त नगद मौज्दात छ कि छैन भनेर हेर्ने गरिन्छ । अनि हाम्रो देशमा आउनका लागी कुनै मापदण्ड नै नहुनु अजिवको कुरा हो ।

विदेशी पर्यटक आउदैमा मात्र अर्थ संकलन हुन्छ र आर्थिक बृद्धि हुन्छ भन्नु किमार्थ सत्य होइन । सवल अर्थतन्त्रको लागी आवस्यक भनेको स्तरीय पर्यटक पनि हो । जसले केही बढी खर्च गर्ने हैसियत राख्छन् । सस्तो गन्तब्यको खोजी गर्ने पर्यटकहरुले के पो खर्च गर्ने हैसियत राख्छन् र ? एउटा सामान्य चिया खाजा पसलमा दुई जनाको लागी सय रुपैया“ खर्च गर्न डराउनेले नेपालको बसाई अवधि भर कति पो खर्च गर्लान ? जसोतसो गुजारा चलाउने श्रेणीका पर्यटकले देश भित्रिने पर्यटकको संख्यामा मात्र थप अंक प्रदान गर्लान तर आर्थिक विकास र टेवा मिल्ने भन्ने कुरा मिथ्या मात्र हो ।

पर्यटनको मूल आधार नै पर्यटक हो । ट्याक्सी छोडेर स्थानिय नगर बसमा चढ्ने त्यसमा पनि मोलमलाइ गरे भने त्यस्ता पर्यटकलाई कुन श्रेणीमा राख्ने ? होटलको कम्पाउण्डबाट अघाउन्जेल हिमाल हेर्ने, फोटो खिच्ने अनि अघाउन्जेल खानु पर्ने खाना खाजा त्यही होटलबाट नखाइदिंदा होटलबालालाई के पो फाइदा हुन्छ ? एक त खर्च गर्न सक्ने पर्यटक हुनु प¥यो भने अर्को तर्फ त्यहि अनुसारको पर्यटकिय पुर्वाधारमा ध्यान दिन सक्नु प-यो ।

छोटो समयमा नै नेपालीहरुलाई देश विदेशको भ्रमण गर्ने लहर चलेको छ । यो समय भनेको नेपाली पर्यटन उद्योगको लागी स्वर्णिम युग हो । आन्तरिक पर्यटन अहिले प्रशस्त फैलिदैं गएको छ । विभिन्न टेलिभिजन च्यानलमा दिइने पर्यटन गन्तब्य सम्वन्धी कार्यक्रमका साथै विभिन्न संचार माध्ययमबाट आन्तरिक पर्यटन ठूलो उद्योगको रुपमा फस्ताउ“दै गएको छ । एक टुरिष्ट बस ब्यवसायीको भनाई अनुसार पर्यटक बसको कुल यात्रुको असी प्रतिशत भार नेपाली यात्रुहरुले पूर्ति गरिरहेको बुझिएको छ । विदेशी पर्यटकहरु नेपाल आउने विशेष सिजनमा धेरै हुन्छ तथापी आन्तरिक पर्यटकलाई बर्षको बाहै मास चलाउन सकिन्छ । क्रय शक्ति हेर्ने हो भने पनि विदेशी पर्यटकले गर्ने खर्च भन्दा आन्तरिक पर्यटकले गर्ने खर्च कम छैन । नेपालीहरुको आम्दानीको साथै खर्च गर्ने क्षमता क्रमशः विकसित हु“दै गएको छ ।

नेपालीहरु खर्चिला हु“दै गएका छन् । बर्षै पिच्छे घुम्नका लागी विदेश जानेको संख्या बृद्धि हु“दै गएको छ । खासगरी थाइल्याण्ड, सिंगापुर, मलेशिया,इन्डोनेशिया, दुवई लगायतका देशहरुमा नेपालीहरु पर्यटकको रुपमा जाने संख्या बढ्दो छ । नेपालीहरु विदेशमा पर्यटकको रुपमा जा“दा त्यहा“को सिस्टम अनुसार चल्नु पर्ने स्थिति भनेको स्वभाविक हो, जसमा खान बस्नको स्टाण्डर्ड देखि लिएर भिसा अवधि भरको खर्च गर्ने क्षमताको मापन त्यो देशको सरकारले गरेको हुन्छ । विदेश सयर गर्न जाने भएपछि पु“जी पलायनका लगायतका विषय आफ्ना ठाउ“मा होलान् तर त्यहा“ गएपछि गर्नै पर्ने निश्चित रकमको खर्चको कारणले जो कोही नेपाली विदेश सयर गर्ने सपना देख्दैनन् । घुमफिर गर्नु गर्नु स्वभाविक नै भएपछि विदेश गएपछि घरका लागी वा कोसेलीका लागी केही सामान ल्याउनु हाम्रो चलि आएको परम्परा हो । यसमा सघाउनु भनेको पनि नेपालीको कमाई विदेशीको पोल्टामा पर्नु हो ।

एक तथ्याङ्कले नेपाल आउने विदेशी पर्यटकहरुले दिनमा औसत तीस डलर खर्च गरेको देखाएको छ । त्यो भनेको लगभग तीन हजार रुपैया“ मात्र हो । यस्तो नगन्य खर्चले हाम्रो अर्थतन्त्रमा खासै टेवा दिंदैन । एक त विश्वमा हाम्रो देश सस्तो गन्तब्यमा पर्दछ अनि यस्तो सस्तो गन्तब्यमा कमसल पर्यटक भित्रिय पछि गन्ति गर्दा मात्र संख्यामा धेरै देखिने तर कमाई नगन्य भएपछि सोच्नै पर्ने समय आएको छ । यसले नेपालको पर्यटन उद्योगलाई खासै उत्साहजनक सन्देश दिंदैन । संख्यात्मक रुपमा नेपाल आउने बाह्य पर्यटकहरुको संख्या बृद्धि भएको देखिए पनि गर्ने खर्च खासै आकर्षक देखिएन । किन पर्यटन ब्यवसायबाट पर्याप्त लाभ हुन सकेन ? यसमा पर्यटन ब्यवसायी, सरकार तथा सरोकारवाला सवैले सोच्नै पर्ने समय आएको छ । जब सरकारले राजमार्गको होटलहरुमा सेवा सुविधाको गुणस्तर मापन गरेर फरक फरक र¨का स्टीकर टा“स्ने ब्यवस्था गर्न सक्छ भने देशको एक प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको पर्यटन उद्योगको विषयमा पनि एउटा मापदण्ड निर्धारण गरिनु पर्दछ र त्यो मापदण्ड ब्यवसायी र पर्यटक दुवैको लागी लागु गरिनु पर्दछ ।

देशमै कतिपय नया स्टार होटलहरु खुलिरहेका छन् भने कतिपय होटल ब्यवसायीहरुले होटल बन्द गरेर सपि¨ कम्प्लेक्सको रुपमा चलाइरहेका छन् । कतिपय स्टार होटलहरुले स्टारको पगरी छोडेका छन् । भन्दा, पढ्दा, सुन्दा होटल ब्यवसायी र मजदुरका विभिन्न कारणले भनिएपनि केही हद सम्म यि कारण पनि हुन सक्लान् तथापि एक प्रमुख कारण पर्यटक तथा पाहुनाको कारणले पनि हो । राम्रो होटलले आफ्नो स्टाण्डर्ड मेन्टेन गर्न सस्तो दरमा सेवा दिन सक्तैन, बढी सुविधा भएको होटलमा पूर्वाधार, कामदार लगायतका कारणले लागत मूल्य नै बढी हुन्छ । त्यसैले पनि राम्रो भौतिक पूर्वाधार, दक्ष श्रमिक हुनु मात्र पर्याप्त छैन यसको लागी त सोही अनुसारको सेवा सुविधा उपभोग गर्न सक्ने खर्च गर्न सक्ने पर्यटकको पनि आवस्यकता छ । विश्वभरको सस्तो गन्तब्यमा नेपाल पर्दछ, यस्तो सस्तो गन्तब्यमा कमसल पर्यटकको मात्र संख्या बढेपछि हाम्रो अर्थतन्त्रलाई के पो टेवा मिल्छ ? अव यसको सिमा र गुणस्तरको निर्धारण गर्ने पर्ने समय आइसकेको छ ।

लेखक अधिवक्ता हुन् ।
bhanuroshan@yahoo.com

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *