कोपिला कंडेल, बागलुङ २०७३ चैत १८ । नेकपा माओबादी केन्द्र निकट दलित मुक्ति मोर्चाको बानपा १३ पैयुँपाटामा टोल समिति गठन भएको छ ।
बिहीबार मसुराबारीमा आयोजित एक भेलाले थम बहादुर परियारको संयोजकत्वमा ५१ सदस्यीय दलित मुक्तिमोर्चा बानपा १३ मसुराबारी गठन गरेको हो ।
सो अवरमा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं बागलुङ ईन्चार्ज निर्मल श्रेष्ठले उत्पीडित दलित वर्गको मुक्तिको लागि लड्ने एकमात्र पार्टी नेकपा माओबादी केन्द्र भएको दाबी गरे । उत्पीडित वर्ग र समुदायको हितको लागि माओबादीले बिगतको १० बर्षे जनयुद्धमा ठुलो मुल्य चुकाएको चर्चा गर्दै नेकपा माओबादी केन्द्रका नेता श्रेष्ठले दलितको मत नेकपा माओबादीलाईनै जानुपर्नेमा जोड दिएका थिए । समग्र मुलुकको बिकास र परिवर्तनको लागि माओबादी केन्द्रको बिजयी हुनुपर्ने उनको भनाई थियो ।
त्यसैगरी जैमुनि नगरपालिकाका ईन्चार्ज लाल बहादुर परियार र वडा अध्यक्ष रेशम खत्रीले दलितका मुद्दा सबैका साझा हुनुपर्ने भन्दै स्थानिय निकायको निर्वाचनमा नेकपा माओबादी केन्द्रलाई अत्याधिक मतका साथ बिजयी गराउनुपर्ने बताएका थिए ।
कार्यक्रम दलित मुक्तिमोर्चाका सदस्य थम बहादुर परियारको अध्यक्षता जमुना परियारको स्वागत मन्तब्य र धुर्व परिवारको संचालनमा सम्पन्न भएको थियो ।