पोखरामा २१ सदस्यीय ‘ताराखाेला – पाेखरा विद्यार्थी मञ्च’ गठन !

पोखरा २०७६ असार १४ । ताराखाेलाबाट पाेखरा अध्ययन गर्न अाएका विद्यार्थीहरुमा सामुहिक एकता कायम गर्ने, व्यक्तित्व विकासमा सहयाेग गर्ने, ताराखाेलाकाे सामाजिक तथा शैक्षिक विकासमा सहयाेगात्मक भुमिका निर्वाह गर्ने उद्देश्यले पोखरामा ‘ताराखाेला – पाेखरा विद्यार्थी मञ्च’ गठन भएकाे छ । मञ्चले ताराखाेलाकाे समग्रमा शैक्षिक विकासमा सकारात्मक पहल गर्ने, जन्मभुमिकाे रहेक गतिविधिमा सकारात्मक चासो राख्ने लगाएतकाका उदेश्य राखेकाे छ ।

बागलुङकाे ताराखाेला गाउपालिका भित्रका विद्यार्थी अध्यनकाे शिलशिलामा प्रदेश न ४ गण्डकी कास्की पाेखरामा अध्ययन गर्ने विद्यार्थीले यहि असार १४ गते पृथ्वीनारायण क्याम्पसमा भेलाभई टि पि सापकोटाकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेकाे छ । समितिकाे उपाध्यक्ष देवी राेका, सचिव यमुना थापा, सह सचिव रुद्र कडेल काेषा अध्यक्ष सन्ताेष घर्ती रहेका हन् । समितिका सदस्यीयहरु मनिषा गुरुङ भिम घर्ती, कुशल खत्री , हिराबहादुर खत्री ,सिम्रन खत्री ,रेमबहादुर घर्ती, दिलु विक, मनिसा सापकोटा, संगिता सापकोटा, रमेश राेका ,विवेक घर्ती, पुरन पुन, दिपेन्द्र सापकोटा , टेकनारायण सापकोटा रहेका छन् । अन्य २ सदस्य पछि थप गरिने बताईएकाे थियो । समितिले ५ सदस्यीयय सल्लाहकार समिति गठन गरेकाे छ । संल्लाहाकारमा भत्त पाण्डे ,नईन्द्र गुरुङ ,थमप्रसाद राेका, खगेन्द्र विश्वकर्मा, कृष्ण चाेखाल, प्रेम राेका रहेका छन।

गठित समितिलाई बधाई दिदै सल्लाहकार खगेन्द्र विश्वकर्माले समितीकाे बारेमा बाेल्दै यस समिति शैक्षिक तथा बाैद्दिक बर्गहरुकाे जमात भएकाेले निकै महत्त्वपूर्ण रहेकाे बताए । उनले समिले ले गठनले सामाजिक एकता कायम गर्दै , समाजलाई परिवर्तन गर्ने कुरा र अब ताराखाेलाबाट पाेखरा पढ्न अाउने विद्यार्थी एक्लाे अनुभुति नगर्ने गरि काम गर्न समितिलाई सल्लाहा दिए । विश्वकर्माले भने ठुला समना नराखाै साना सपना भएपनि साकार पाराै समिति दुखमा दुख बाढ्ने र सुखमा खुसि बाढ्ने समिति हाेस् । हामी नरहे पनि याे समिति रहिरहाेस भनेका थिए । कार्यक्रम टिपि सापकाेटा, यमुना थापा र खगेन्द्र विश्वकर्माकाे सहजिकार्णमा सम्पन्न भएकाे थियोे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *